शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अङ्ग्रेजी नजान्दा होटेलमा काम पाएनन् : गोविन्दा जन्मँदा बुबाले स्वीकारेनन्, आमाको खुट्टा धोएर पानी पिउँथे

बुधबार, ०६ पुस २०७९, १६ : ३०
बुधबार, ०६ पुस २०७९

आफ्नो उत्कृष्ट नृत्यका कारण छुट्टै पहिचान बनाएका बलिउडका हिरो नम्बर १ गोविन्दा आज ५९ वर्षका भएका छन् । करिब १६५ हिन्दी फिल्ममा अभिनय गरेका गोविन्दालाई उद्योगमा प्रवेश गर्ने वित्तिकै पहिलो वर्ष ४९ वटा फिल्मको अफर आएको थियो । तर एक समय यस्तो पनि रह्यो जब गोविन्दा क्यासेट बेच्ने गर्थे । फिल्मी परिवारसँग आवद्ध हुँदाहुँदै पनि गोविन्दा फिल्ममा आउन चाहँदा आमाबुवाको साथ पाएनन् । गोविन्दाका बुवा अरुण एक अभिनेता र आमा गायिक थिइन् तर गोविन्दाको जन्म हुनुभन्दा केही समय अगाडि नै आमाबुवाबीचको दूरी बढ्यो । त्यसैले गोविन्दाले बुवाको माया पाएनन् ।

सबै संघर्षका बावजुद गोविन्दा फिल्ममा आए र छाए । आज गोविन्दा ‘एक्टर अफ डिकेड’ को दर्जा राख्छन् । उनको जन्मदिनको विशेष अवसरमा उनको जीवनको संघर्ष र सफलतासँग सम्बन्धित केही विशेष किस्सा जानौँ–

जन्मिँदा बुवाले स्वीकार गर्न मानेनन्

गोविन्दाको जन्म २१ डिसेम्बर १९६३ मा मुम्बईमा भएको थियो । उनका बुबा अरुण अभिनेता थिए जसले महबुब खानको फिल्म औरत (सन् १९४०) बाट पहिचान पाए र आमा निर्मला देवी चर्चित गायिका । गोबिन्दा जन्मिनु केही महिना अघि उनकी आमा  साध्वी बनेकी थिइन् । उनका बाबुआमा सँगै बस्ने गर्दथे तर साध्वी बनेपछि उनकी आमा बुवा साध्वी बनेपछि उनकी आमा बुवाबाट टाढा भइन् । गोविन्दाका बुबा यसबाट असन्तुष्ट थिए, जुन गोविन्दामाथि पर्न गयो । गोविन्दाको जन्म हुँदा पिताले उनलाई अपनाउन मानेनन् । उनलाई लाग्थ्यो कि गर्भवती भएकै कारण उनकी श्रीमतीले साध्वी बन्ने निधो गरेकी थिइन् ।

केही समयपछि परिवारका सबै सदस्यले बुझाएपछि पिताको सबै गुनासो र असन्तोष हट्यो । गोविन्दाको परिवार पहिले मुम्बई उपनगरमा एक विलासी बंगलामा बस्थे, तर जब उनका बुबा अरुणले फिल्महरूमा लगानी गर्दै घाटा व्यवहोरे उनीहरू बंगला बेचेर विरारको एउटा सानो घरमा बस्नुपर्‍यो । गोविन्दा यहीँ जन्मेका हुन् । गोविन्दा ६ दाजुभाइमध्ये कान्छो थिए, जसलाई मायाले चिची भनिन्छ, जसको अर्थ अंग्रेजीमा ‘लिटिल फिंगर’ हो ।

वसईको बार्ताक कलेजबाट बी.कम गरेपछि गोविन्दासँग जागिर थिएन । केही समयपछि उनले होटल ताजमा म्यानेजरका लागि आवेदन दिए । अन्तरवार्तामा उनले अंग्रेजी बोल्न सकेनन् त्यसैले गोबिन्दाले जागिर पाएनन् ।

फिल्मी यात्रा

१३–१४ वर्षको उमेरदेखि नै गोविन्दा फिल्ममा आउन चाहन्थे तर उनकी आमाले त्यसको विरोध गरिन् । यस उद्योगमा उनका बुबाले आर्थिक संकटको सामना गर्नुपरेकोले उनी गोविन्दा फिल्ममा आओस् भन्ने चाहँदैनथिन् । गोविन्दा आमालाई नभनी फिल्म स्टुडियो घुम्ने गर्थे । उनका आमाबाबुले उद्योग छोडेको वर्षौं भइसकेको थियो त्यसैले यसबारे कुरा गर्न पनि उनीहरु तयार थिएनन् ।

गोविन्दालाई नृत्यमा असाध्यै रुची थियो । जब मिथुन चक्रवर्तीको फिल्म डिस्को डान्सर सन् १९८३ मा आयो, गोविन्दाले उनका गीतहरूमा घण्टौँ खर्च गरेर नाच्न सिके र आफ्नो नृत्य रेकर्ड गरे र यसको भीएचएस प्रत्येक स्टुडियोमा वितरण गरे । त्यो रेकर्डिङका कारण गोबिन्दाले पहिलो एड फिल्म पाए ।

गोविन्दाले पौराणिक ड्रामा शो महाभारतमा अभिमन्युको भूमिकाको लागि अडिसन दिए, तर शो भन्दा पहिले नै उनले पहिलो फिल्म तन बदन (१९८६) पाए ।

आँखा बन्द गर्दा मामाले थप्पड हान्दै भने, ‘तिमी नै हिरो हौ’

गोविन्दा धेरै फिल्मका लागि अडिसन दिन्थे, तर त्यतिबेला कुनै पनि फिल्ममेकर नयाँ नायकसँग जोखिम लिन तयार थिएनन् । एक दिन गोविन्दाले आफ्नो डान्स र एक्सन दृश्यका क्यासेटहरू आफ्ना मामालाई पठाए । काका आनन्द गोविन्दाको प्रतिभा देखेर यति खुसी भए कि उनले आफ्नो फिल्मको विषय परिवर्तन गरे र उनलाई आफ्नो फिल्ममा कास्ट गर्ने निर्णय गरे । आनन्दले गोबिन्दालाई एक भेटमा आफ्नो स्क्रिप्ट देखाउँदा उनले ‘फिल्मको हिरो चाहिँ को हो भनेर सोधे । मामाले गोबिन्दालाई आँखा बन्द गर अनि मात्रै भन्छु भने । गोबिन्दाले आँखा बन्द गर्दा मामा आनन्दले उनलाई बेस्सरी थप्पड हानेर ‘तिमी नै यो फिल्मको हिरो हौ’ भने ।

खुद्दार गोबिन्दाको खुद्दार कहानी

फिल्ममा सफलता हासिल गर्नुअघि उनी निकै गरिब थिए । एक पटक गोविन्दा आफ्नी आमालाई छोड्न रेलवे स्टेशन पुगेका थिए । भीड यति धेरै थियो कि गोविन्दाले आफ्नी आमालाई ट्रेनमा बसाउन सकेनन् । हेर्दा हेर्दै उनको अगाडिबाट पाँचवटा ट्रेन गयो । आमालाई यसरी उभ्याउँदा गोबिन्दालाई यति नराम्रो लाग्यो कि उनले तत्काल आफन्तसँग पैसा उधारो मागेर आमालाई फर्स्ट क्लासको टिकट लिएर उनलाई रेलमा बसाले ।

आमाको खुट्टा धोएको पानी पिउँछन् गोविन्दा

गोविन्दाले पहिलो पारिश्रमिक साढे चार हजार पाएका थिए । त्यही पैसाले उनले आमाको लागि साडी र मिठाई लिएर घर आए । गोविन्दाले अहिलेसम्म आमाको जन्मदिनमा खुट्टा धोएर त्यो पानी पिउने गरेका छन् । गोविन्दा आफ्नी आमालाई यतिसम्म मान्छन् कि विवाह अघि श्रीमती सुनिताको जन्मदिनमा खाना खान ताज होटल जाँदा स्याम्पेन पिउनु अघि उनले आमालाई फोन गरेर अनुमति लिएका थिए ।

केही फिल्मबाटै बने बलिउडका हिरो नम्बर वन

तन बदन गोविन्दाको पहिलो फिल्म थियो तर त्यसअघि इल्जाम रिलिज भएको थियो जुन उनको डेब्यु फिल्म बन्यो । कल्ट क्लासिक आवारगी र महा–संग्रामजस्ता उत्कृष्ट फिल्ममा काम गरेर गोबिन्दा स्टार बने । फिल्ममा आएको पहिलो वर्ष नै गोविन्दाले ४९ वटा फिल्ममा काम पाए ।

जब राजकुमारले अस्वीकार गरे गोविन्दाको ‘तोहफा मोहब्बत का’

गोविन्दा सन् १९८९ मा आएको जंगबाजमा राजकुमारसँगै देखिएका थिए । यो सुटिङका ​​क्रममा वरिष्ठ कलाकारले नयाँ कलाकार गोविन्दालाई निकै गाली गरेका थिए । गोविन्दाले सुटिङमा आउँदा नयाँ सर्ट लगाएर गएका थिए, जुन राजकुमारलाई निकै मन परेको थियो । प्रशंसा सुनेर गोविन्दा भ्यानिटीमा गए र तुरुन्तै सर्ट फुकालेर राजकुमारलाई दिए । केही समयपछि गोविन्दा सेटमा पुग्दा उनले राजकुमारलाई दिएको सर्टले नाक पुछेको देखे । गोविन्दालाई यो निकै अपमानजनक लाग्यो ।

‘दो कैदी’ र ‘फर्ज की जंग’ जस्ता फिल्ममा गोबिन्दा र अमरिश पुरी सँगै देखिए । एक फिल्मको सुटिङका बेला बहस यति बढ्यो कि अमरिशले गोबिन्दालाई थप्पड हाने । एकदिन बिहान ९ बजेको सुटिङ सेड्युलमा गोबिन्दा बेलुका ६ बजे पुगे । यस्तै अमरिश पुरी बिहान ९ बजेदेखि प्रतीक्षा गरिरहेका थिए । गोविन्दा आउनेबित्तिकै अमरिशले धेरै कुरा सुनाए । बहस यति बढ्यो कि अमरिशले गोविन्दालाई बेस्सरी थप्पड हाने । त्यसपछि गोविन्दाले उनीसँग कहिल्यै काम गरेनन् ।

५ जनवरी १९९४ मा गोविन्दाको कार अर्को कारसँग ठूलो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा गोविन्दाको टाउकोमा गहिरो चोट लागेको थियो र उनको धेरै रगत बगेको थियो । गोविन्दा फिल्म खुद्दारका लागि घरबाट निस्किएका थिए । गम्भीर चोट लागे पनि गोविन्दाले सुटिङ रद्द गरेनन् र डाक्टरबाट उपचार गराएपछि सिधै सेट पुगे । सोही दिन गोविन्दाले मध्यरातसम्म सुटिङ गरेका थिए ।

पहिलो फिल्म तन बदनको सुटिङको क्रममा गोविन्दाको मामा आनन्द सिंहकी साली सुनितासँग भेट भयो । आनन्द उनको फिल्मका निर्देशक थिए। दुवै प्रेममा परे र दुवैले ११ मार्च १९८७ मा विवाह गरे । गोविन्दा इन्डस्ट्रीमा नयाँ भएकाले बिहेको कुरा बाहिर आयो भने करियरमा नराम्रो असर पर्ने उनको भनाइ थियो । यस्तो अवस्थामा उनले आफ्नो विवाहलाई ४ वर्षसम्म गोप्य राखे । गोविन्दाका केही साथीभाइ र आफन्तहरूलाई मात्र उनीहरूको विवाहको बारेमा थाहा थियो । दम्पतीका दुई सन्तान टिना र यशवर्धन छन् । जब गोविन्दाले सन् १९९१ मा छोरीको जन्मदिन मनाउन भव्य पार्टी दिएका थिए । पार्टीको तस्बिर देखेर उनीहरुको विवाह र सन्तानको खबर सुनेर सबै छक्क परे ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप