६० सांसद रहेको गण्डकी प्रदेशमा २२ सांसद दुई जिल्लाका
गण्डकी प्रदेश सभामा ६० सांसद रहन्छन् । संविधान अनुसार ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक सांसद रहने व्यवस्था छ । यहाँका ११ जिल्लामध्ये कास्कीमा मात्रै ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छ भने ५ जिल्लामा २ क्षेत्र र बाँकी ५ जिल्लामा ४ निर्वाचन क्षेत्र तोकिएको छ । सोही अनुसार सांसदहरु निर्वाचित भएर आइसकेका छन् ।
अघिल्लो प्रदेश सभामा कास्कीबाट मात्रै १३ जना सांसद थिए । ६ प्रत्यक्ष र ७ समानुपातिक सांसद निर्वाचित भएका थिए । अहिले पनि अधिकांश सांसद २ जिल्लामा मात्रै सीमित भएका छन् । केही जिल्लामा समानुपातिक सांसद शून्य छन् भने २ जिल्लाबाट मात्रै अधिक सांसद भएका छन् ।
अन्तिम नतिजा अनुसार कास्की र बागलुङमा सर्वाधिक धेरै २२ सांसद छन् । दुवै जिल्लाबाट ११-११ सांसद चुनिएका हुन् । कास्कीमा एमालेका ८ सांसद छन् भने कांग्रेसका ३ सांसद छन् । बागलुङमा कांग्रेसका ६, एमालेका ४ र माओवादीका १ सांसद छन् ।
समानुपातिक तर्फ एमालेले १० सिट मध्ये कास्की र बागलुङबाट मात्रै ८ सांसद बनाएको थियो । एमालेबाट समानुपातिक तर्फ ६ जिल्लामा सांसद निल छ । मनाङबाट २, मुस्ताङबाट २, गोरखाबाट ५, लमजुङबाट ५, तनहुँबाट ४ सांसद छन् । यस्तै, स्याङजाबाट ८, पर्वतबाट ३, नवलपुरबाट ६ र म्याग्दीबाट ३ सांसद चुनिएका छन् ।
समानुपातिक तर्फ मनाङ, मुस्ताङ र तनहुँ निल भएको छ । कुनैपनि दलले यि जिल्लामा समानुपातिक सांसद बनाएका छैनन् । गण्डकीमा २७ सिटसहित कांग्रेस पहिलो दल बन्दा २२ सिटसहित एमाले दोश्रो, ८ सिटसहित माओवादी तेस्रो, २ सीटको राप्रपा चौंथो र १ सीटको एकीकृत समाजवादी पाँचौ शक्ति बनेको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण