फ्रान्स पुगे शोभराज
झण्डै दुई दशक नेपालको जेलजीवन बिताएका कुख्यात सिरियल किलर चार्ल्स शोभराज शनिबार फ्रान्स पुगेका छन् । ७८ वर्षीय शोभराजमाथि एसियामा धेरै विदेशी पर्यटकको हत्या आरोप छ । उनलाई बिकिनी किलर भनेर पनि चिनिन्छ ।
नेपालमा आजीवन कारावासको सजाय पाएका शोभराजलाई सर्वोच्च अदालतले बुढ्यौली उमेर, खराब स्वास्थ्य अवस्था, खराब आचरण नभएको र आफ्नो सजायको अधिकांश समय भुक्तान गरिसकेको आधारमा रिहा गर्ने आदेश दिएको थियो ।
सन् १९७५ मा अमेरिकी पर्यटक कोनी जो ब्रोन्जिचको हत्या आरोपमा सन् २००३ मा पक्राउ परेका थिए । पछि उनले ब्रोन्जिचका क्यानाडेली साथी लरेन्ट क्यारिएरीको हत्या गरेकोमा पनि दोषी पाइएको थियो । उनलाई सुनाइएको २० वर्षको सजायमध्ये १९ वर्ष काटिसकेका थिए ।
फ्रान्स फर्किने क्रममा विमानमा एएफपीलाई दिएको अन्तरवार्तामा शोभराजले दुवैको हत्या आफूले गरेको अस्वीकार गरेका थिए । उनलाई नक्कली दस्तावेजको आधारमा दोषी ठहर गरेको उनको दाबी थियो । ‘मैले धेरै गर्न बाँकी छ, मैले धेरैविरुद्ध मुद्दा हाल्नुछ,’ शोभराजले भनेका थिए ।
प्रहरीलाई छक्याउन माहिर मानिएका शोभराजलाई ‘द सर्पेन्ट’ पनि भनिन्थ्यो । उनले कम्तीमा २० जना पर्यटकको हत्या गरेको मानिन्छ । उनीमाथि भारतमा फ्रेन्च पर्यटक र थाइल्याण्डमा ६ जना महिलाको हत्या गरेको आरोप छ । भारतमा पक्राउ परेका उनी जेलबाट फरार भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको मुद्दा ‘पूर्ण इजलास’ मा किन पठायो ?
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण