समयानुसार व्यावसायिक हुन नसक्दा लोप हुँदै आरन पेसा
पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले जुम्लामा आरन पेसा लोप हुँदै गएको छ। विगतमा हँसिया, कुटो, कोदालो, बन्चरो लगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको २० वर्षदेखि सो पेसामा सक्रिय हुँदै आएका जुम्लाको गुठिचौर गाउँपालिका-४ का माङ्ले कामीले बताए।
पछिल्लो समयमा आधुनिकतासँगै भित्रिएको प्रविधिको कारण आरन पेशा संकटमा पर्ने गरेको उनी बताउँछन्। अहिले आरनमा बनाउनु पर्ने सबै सामाग्री बजारमा सस्तो मूल्यमा पाउन थालेका छन्।अहिलेको परिवेशअनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाहरुले सो पेसालाई छाड्दै गएको उमेश नेपालीले जनाए।
युवा आफ्नो परम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन्। दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल भएको छ।घरेलु औजारहरू र किसानलाई चाहिने आवश्यक सामग्री मात्र आरनमा बनिरहेका छन्। अहिले आरनमा बनाएका कोदालो बन्चरोले आकार हेरेर ६ सय देखि एक हजार रुपैयाँसम्म मूल्य पाउँछन्। हसियाँ एक सय पचासदेखि ३ सय रूपैयाँसम्ममा बेचिरहेको आरनकर्मीहरु बताउँछन्।
उनले भन्नुभयो,गाउँमा म मात्र यो पेसा एक्लै धान्दै आएको छु। दिनरात काम गरे पनि उचित पारिश्रमिक पाइन्न, हातमा ठेला उठेको छ, कसैको सहयोग छैन । तालिमका लागि स्थानीय सरकार,सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग भएमा सहज हुन्थ्यो।नयाँ पुस्ताले यस्तो पेसा छाड्दै गएका कारण आरन हराउँदै गएको कामीको भनाइ छ। राज्यले अरू पेसा व्यवसायीलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिएको भए जीवन पनि सुधार हुने उनले तर्क गरे।
उनका अनुसार एक पाथी अन्नको भरमा वर्ष भरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम छ । सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भए पनि आरन पेसामा भने परिवर्तन हुन नसकेको उनीहरुको गुनासो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण