शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो

शनिबार, २० असार २०८३, ०० : ०४
शनिबार, २० असार २०८३

दमास्कस । सिरियाको राजधानी दमास्कसमा बिहीबार एक चिया पसल (क्याफे) मा बम विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

अधिकारीहरूले बताएअनुसार यो घटना एक दशकभन्दा लामो युद्धपछि स्थिरता कायम गर्न खोजिरहेका देशका इस्लामवादी नेताहरूका लागि ठूलो चुनौती बनेको छ।

यो बम विस्फोट गत वर्ष चर्चमा भएको आत्मघाती हमलापछिको सबैभन्दा घातक घटना हो । आक्रमणको तत्काल कसैले दावी गरेको छैन।

यो विस्फोट राजधानीको न्यायालय नजिकै भएको थियो ।

एएफपीका संवाददाताले साइरन बजाउँदै एम्बुलेन्सहरू ट्राफिक छिरेर घटनास्थलतर्फ जाँदै गरेको देखेको बताएका छन् । सुरक्षा बलहरूले विस्फोट भएको क्षेत्रलाई ततकाल घेराबन्दी गरेका थिए ।

“दमास्कसको न्यायालय नजिकको क्याफेमा भएको विस्फोट स्थानीय रूपमा राखिएको विस्फोटक यन्त्रका कारण भएको हो,” राज्यसञ्चालित टेलिभिजनले जनाएको छ।

“स्थानीयस्तरमा बनाएको ‘घरेलु विस्फोटक यन्त्र’ मा धातुका टुक्राहरू थिए, जसले ‘गम्भीर चोट र ठूलो क्षति’ पु¥याएको आन्तरिक मन्त्रालयले टेलिग्राममा लेखेको छ ।

मन्त्रालयका अनुसार अनुसन्धानकर्ताहरूले सीसीटीभी फुटेज हेरेर अनुसन्धान अघि बढाएको बताएका छन् । उनीहरूले प्रत्यक्षदर्शीसँग कुराकानी गरेका छन् भने घटनास्थलबाट ‘फरेन्सिक परक्षिण’का लागि प्रमाण सङ्कलन गरिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका सिरियामामिला हेर्ने उप–विशेष दूत क्लाउडियो कोर्डोनेले अपराधीलाई कानुनी कठघरामा ल्याइनुपर्ने प्रतिवद्धता व्यक्त गर्दै एक्समा लेखेका छन्, “अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउनुपर्छ।”

सिरियाका इस्लामवादी अधिकारीहरूसँग निकट सम्बन्ध भएको टर्कीले पनि हमलाको निन्दा गर्दै विदेश मन्त्रालयको विज्ञप्तिमार्फत ‘अनुसन्धान र कानुनी प्रक्रियाभर सिरियासँगको एकतामा दृढ रहने’ बताएको छ।

इराक, जोर्डन, कतार र इजिप्ट लगायतका धेरै अरब देशहरूले पनि हमलाको निन्दा गरेका छन्।

अरब लीग र छ सदस्यीय गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले आतङ्कवादी ‘बम हमला’ को निन्दा गरेको छ ।

सन् २०२४ को डिसेम्बरमा लामो समयदेखिका शासक बशर अल–असदलाई सत्ताच्युत गरेपछि राष्ट्रपति अहमद अल–शरआको नेतृत्वमा नयाँ अधिकारीहरूले पूर्ण नियन्त्रण कायम गर्न, सुरक्षा बहाल गर्न र देशलाई एकीकरण गर्न प्रयास गरिरहेका छन्।

नयाँ अधिकारीहरूले सत्ता सम्हालेपछि दमास्कसमा धेरै आक्रमण र घटनाहरू भएका छन्।

जुन २०२५ मा दमास्कसको एउटा चर्चमा भएको आक्रमण सबैभन्दा घातक आक्रमण भएको र यसमा २५ जनाको मृत्यु भएको भएको थियो ।

त्यो आत्मघाती आक्रमणलाई पछि सुन्नी इस्लामवादी समूहले दावी गरेको थियो भने अधिकारीहरूले इस्लामिक स्टेट समूहलाई दोष दिएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप