नागरिकता विवादको टुङ्गो नलगाई रवि लामिछानेलाई गृहमन्त्री बनाउनु गलत : बास्तोला
नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको टुङ्गो नलगाई गृहमन्त्री बनाउनु गलत भएको बताएका छन् । उनले अदालतले अन्तिम टुङ्गो नलगाएसम्म लामिछाने विदेशी नागरिक भएको समेत दाबी गरे ।
मंगलबार संवाद डबलीमा आयोजित पार्टी निकट अखिल नेपाल जनसांस्कृति महासंघको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बास्तोलाले भने, ‘जो विदेशी नागरिक गृहमन्त्री हुन्छ, अदालतमा मुद्दा हुँदाहुँदै जो गृहमन्त्री भयो, यही व्यवस्थामा पनि अदालतको फैसला नभएसम्म त्यो गर्न पाइँदैन । यसले के देखाउँछ भने यहाँ कुनै नैतिकता छैन । विदेशी नागरिकलाई नेपालको गृहमन्त्री बनाउन भनेको नेपाल र नेपालीमाथि गम्भीर घात हो ।’ उनले अदालतको फैसला आएपछि मन्त्री बनाइनु स्वाभाविक भए पनि सत्ताको लागि अन्य नेताहरूले गल्ती गरेको बताए ।
त्यसै गरी गृहमन्त्री लामिछानेले सत्तामा पुग्न भ्रष्टाचार निवारण आयोगको कुरा उठाएको बताउँदै बास्तोलाले त्यस्तो आयोगको पहिला छानबिनमा उनी आफै पर्ने दाबी गरे । उनले आफूसँग नाम जोडिएर मृत्यु भएका सालिकराम पुडासैनीलाई न्याय दिन सक्नु र अदालतको फैसलाले निर्दोष साबित भएर काम गर्न रविलाई शुभकामना समेत बास्तोलाले दिए ।
सच्चा कम्युनिस्ट पार्टीबीच एकता आवश्यकता रहेको बताउँदै संयोजक बास्तोलाले सरकारभित्र रहेका कम्युनिस्ट पार्टीले देश र जनतालाई भ्रम छरेको बताउँदै सबैले गल्ती स्वीकार गरी नयाँ आधारमा एकता आवश्यकता रहेको बताए । संसदवादी पार्टीप्रति जनताको निराशा र वितृष्णा रहेको चुनावले देखाएको बास्तोलाले बताए । “चुनावमा खसेको मतलाई हेर्दा यो व्यवस्थाप्रतिको जनताको तीव्र असन्तुष्टि रहेको पुष्टि गर्छ ।
संयोजक बास्तोलाले अहिले सरकारमा गएका व्यक्तिहरूले आम नेपाली जनताको प्रतिनिधित्व गर्न नसक्ने बताए । जनताको बहुमतबाट चुनिएको व्यक्तिलाई मात्रै शासन गर्ने अधिकार हुने उनले बताए । भेलाले खेप थपलियाको अध्यक्षतामा ९९ सदस्यीय समिति चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण