नेपाल एयरलाइन्सद्वारा उडान संख्य थप
सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ ।
नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगंजका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो । यात्रुहरुको चाप वृद्धि हुनु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए ।
हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान सुरु गरिएको छ। अब आइतबार, सोमबार र मंगलबार उडान हुनेछ। भाडादर ९ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ । चार्टर उडानको १३ हजार २२० रुपैयाँ लाग्ने छ। यसअघि सिमकोटका लागि शनिबार र आइतबार मात्रै उडान भर्ने गरिएको थियो ।
त्यसैगरि जुम्लामा नेपालगंजबाट सोमबार र मंगलबार उडान हुनेछ । भाडादर पनि ६ हजार २८० रुपियाँ तोकिएको छ । त्यस्तै, मुगुको ताल्चाका लागि आइतबार र मंगलबार उडान तालिका रहेको छ भने भाडादर ७ हजार ४०० रुपैयाँ तोकिएको छ। डोल्पाको जुफालका लागि हप्तामा दुई दिनमा सोमबार र बुधबार उडान हुनेछ । भाडादर नेपालगंजबाट डोल्पाका लागि ६ हजार ८०५ रुपैयाँ निर्धारण गरिएको छ ।
बाजुराको कोल्टी विमानस्थलका लागि सातामा सोमबार र बुधबार उडान हुनेछ भने भाडा ६ हजार ९७५ रुपैयाँ कायम गरिएको छ । नेपाल एयरलाइन्सले चार्टर उडान नभइ सेड्युल उडान भर्ने भएका कारण भाडादर पनि सस्तो पर्ने गर्छ ।
यी जिल्लामा उडान भर्नका लागि यसअघि नेपाल एयरलाइन्सको जहाज हप्तामा एक रात नेपालगंजमा नाइट स्टे गर्ने गरेकोमा अहिले भने तीन दिन बस्दै आएको छ । उडान पनि नियमित रुपमा भइरहेको र यात्रुलाई पनि भाडादरमा सहज भएको नेपाल एयरलाइन्सले जनाएको छ । जिनी प्रदायक कम्पनीले उडान भर्ने गरे पनि भाडा दर चर्को रहेको छ । हिमाली जिल्लामा सडक पहुँच सहज नहुँदा यहाँका सयौँ यात्रुहरु हैरानी खेप्दै आएको गुनासो आएपछि उडान संख्या थप गरिएको हो । हुम्ला सडक सञ्जालसँग जोडिएको छैन ।
हिमाली जिल्लामा चिसोसमेत भारी मात्रामा बढेको स्थानीयबासीले बताएका छन् । चर्को रकम तिरेर पनि जहाज चढन नपाएको भन्दै हिमाली जिल्लामा नागरिक आक्रोष व्यक्त गरिरहेका छन् । अब सरकारी स्वमितत्वको कम्पनीले उडान दर बढाएपछि यात्रुलाई सहजता भएको मुगुकी स्थानीय रामदेवी खड्काले बताइन् ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण