शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभाका ज्येष्ठ बस्यालले आज शपथ लिँदै

बुधबार, १३ पुस २०७९, १० : ५७
बुधबार, १३ पुस २०७९

गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिँदै छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सपथ गराउने कार्यक्रम तय भएको छ । 

संविधान अनुसार प्रदेश प्रमुखले जेष्ठ सांसदलाई सपथ गराउने र उनै जेष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ । बस्याल ६५ वर्षका भए । ६५ वर्षकै अर्का सांसद विन्दुकुमार थापा बस्याल भन्दा २ दिनले कान्छा छन् । प्रदेश प्रमुखको निवासमा बस्याललाई सपथ गराउने तयारी भएको प्रेस संयोजक माधव रेग्मीले बताए । 

यहाँका अन्य ५९ सांसदलाई बिहीबार संसद भवनमा सपथ गराइने छ । संसद सचिवालयले सांसदहरुलाई मातृभाषामा पनि शपथको तयारी गरेको छ । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप