बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपिलवस्तुमा छाडा चौपायाको व्यवस्थापन थालियो

बिहीबार, १४ पुस २०७९, ०८ : ३५
बिहीबार, १४ पुस २०७९

कपिलवस्तुमा छाडा चौपायाको व्यवस्थापनको काम थालिएको छ । कपिलवस्तु नगरपालिकाले छाडा गाई गोरुको व्यवस्थापन थालेको हो । छाडा गाई गोरुको कारण अस्तव्यस्त सडक र अन्नपात खाएर किसानले हैरानी खेपिरहेका बेला कपिलवस्तु नगरपालिकाले यसको व्यवस्थापन थालेको हो ।

नगरपालिकाको वडा नं. ३ स्थित चपरतल्लामा गाई गोरुको व्यवस्थापन थालिएको हो । तौलिहवा र आसपासका छाडा गाई गोरुको व्यवस्थापन थालिएको नगर प्रमुख सुदीप पौडेलका बताए । वरपर तारजाली लगाएर कान्जि हाउस निर्माण गरी गाईवस्तु राखिएको उनले बताए । छाडा गाईगोरुको हैरानी खेपेपछि विद्यार्थीहरुले तौलिहवामा प्रदर्शन गरेका थिए ।

नगर प्रमुख पौडेलले ठाउँको अभावका कारण गाई गोरुको व्यवस्थापन असजिलो भएको बताए । जंगलको जग्गा कानुनले प्रयोग गर्न नदिने र अन्यत्र जग्गाको अभावमा सोचे अनुसार काम गर्न नसकिएको उनले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप