कपिलवस्तुमा छाडा चौपायाको व्यवस्थापन थालियो
बिहीबार, १४ पुस २०७९, ०८ : ३५
कपिलवस्तुमा छाडा चौपायाको व्यवस्थापनको काम थालिएको छ । कपिलवस्तु नगरपालिकाले छाडा गाई गोरुको व्यवस्थापन थालेको हो । छाडा गाई गोरुको कारण अस्तव्यस्त सडक र अन्नपात खाएर किसानले हैरानी खेपिरहेका बेला कपिलवस्तु नगरपालिकाले यसको व्यवस्थापन थालेको हो ।
नगरपालिकाको वडा नं. ३ स्थित चपरतल्लामा गाई गोरुको व्यवस्थापन थालिएको हो । तौलिहवा र आसपासका छाडा गाई गोरुको व्यवस्थापन थालिएको नगर प्रमुख सुदीप पौडेलका बताए । वरपर तारजाली लगाएर कान्जि हाउस निर्माण गरी गाईवस्तु राखिएको उनले बताए । छाडा गाईगोरुको हैरानी खेपेपछि विद्यार्थीहरुले तौलिहवामा प्रदर्शन गरेका थिए ।
नगर प्रमुख पौडेलले ठाउँको अभावका कारण गाई गोरुको व्यवस्थापन असजिलो भएको बताए । जंगलको जग्गा कानुनले प्रयोग गर्न नदिने र अन्यत्र जग्गाको अभावमा सोचे अनुसार काम गर्न नसकिएको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण