अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण
संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण हुने गरेको छ । पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको सङ्क्रमण बढेको पाइएको हो ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरुको सङ्गठनले बुधबार यस्तो तथ्याङ्क दिएका हुन् । यहाँ कोभिड सङ्क्रमण सुरु भएदेखि एक लाख ५२ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको पनि ती संस्थाले जानकारी दिएका छन् ।
ती तथ्याङ्कमा गएका चार हप्तामा मात्र एक लाख ६५ हजार बालबालिका थपिएका हुन् । अमेरिकाका कतिपय राज्यमा अहिले चिसोले निकै सताएको छ । त्यहाँ चिसोका कारण कैयौँ मानिसको ज्यान पनि गएको छ ।
यस अवस्थामा यहाँ पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले उमेर समूहका आधारमा कोभिड सङ्क्रमितहरुको तथ्याङ्क तयार गरेर विश्लेषण गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण