भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
शुक्रबार, १५ पुस २०७९, ०८ : ४१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । उनकी आमा हिराबेनको एक सय वर्षको उमेरमा निधन भएको हो । बुधवार, हीराबेनको स्वास्थ्य अवस्था बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनमा ट्विट गरेका छन्, ‘भगवानको चरणमा गौरवमय शताब्दी...। मैले सधैँ आमामा त्रिमूर्ति महसूस गरेको छु, जसमा एक तपस्वीको यात्रा, निःस्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताको मूर्त रूप । प्रतिबद्ध जीवन निहित छ ।’
सयौं जन्मदिनमा आफूलाई आमाले बुद्धिमानीपूर्वक काम गर्न र पवित्रताका साथ जीवन बिताउन भनेको आफूले अहिले स्मरण गरिरहेको मोदीले बताएका छन् । बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण