बक्स अफिसमा सलमान र ऐश्वर्याको टक्कर
जब सलमान खानको फिल्म रिलिज हुन्छ, त्यो समयमा बक्स अफिसमा अरु कुनै स्टार या निर्देशकको फिल्म उनीसँग भिड्दैनन् । सबैलाई यो पनि थाहा छ कि सलमानको अगाडि अर्को फिल्म टिक्दैन । चाहे त्यो सानो बजेटको फिल्म होस् या ठूलो बजेटको अथवा ठूला स्टारको या सानो स्टारको ।
तर, सन् २०२३ केही फरक हुँदै छ । सलमानको आउन लागेको फिल्म ‘किसीका भाइ किसीकी जान’सँग भने उनको पूर्व प्रेमिका ऐश्वर्या राय बच्चनको फिल्म ‘पोन्नियिन सेल्वन २’ भिड्दैछ । यो पेन इण्डिया फिल्म ‘किसीका भाइ किसीकी जान’को एक साता पछि रिलिज हुँदै छ ।
सलमानको फिल्म अप्रिल १८ मा रिलिज हुँदै छ । यो अवस्थामा सलमानको फिल्मको टिकटको कमाई एक सातासम्म मात्र हुनेछ । त्यसपछि ऐश्वर्याको फिल्मले त्यसमा ब्रेक लगाउँदैछ ।
सलमानको फिल्म यही डिसेम्बरमा रिलिज हुने तयारीमा थियो । तर सन् २०२२ को बक्सअफिसको खराब अवस्था देखेर यसको मिति सारिएको हो । प्रायः सलमानको फिल्म इद या दिवालीमा रिलिज हुन्छ । त्यसकारण ‘किसीका भाई किसी की जान’लाई इदमा अर्थात २१ अप्रिलमा रिलिज गर्ने योजना बनाइएको थियो । तर, उनको अर्को फिल्म ‘टाइगर ३’ इदमा रिलिज हुने भएपछि यो फिल्मलाई दिवालीसम्म सारिएको छ ।
फिल्म ‘पोन्नियन सेल्वन १ र २’ ११ औँ शताब्दीको कथा हो । हिन्दी बेल्टमा ‘पोन्नियन सेल्वन’ ५ हप्तासम्म चलेको थियो । फिल्मले विश्वव्यापी रुपमा ५०० करोड बढी कारोबार गरेको थियो । सलमानको फिल्मको एक हप्ता पछि ऐश्वर्याको फिल्म रिलिज हुनुले सलमानलाई खतरा त छैन भन्ने चर्चा बलिउडमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण