बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भुवनका ८ सल्लाहकार, निर्णय सधैं विवादित

शुक्रबार, १५ पुस २०७९, १४ : ३३
शुक्रबार, १५ पुस २०७९

अभिनेता भुवन केसी चलचित्र विकास बोर्ड नियुक्त भएदेखिनै विभिन्न विवादमा फसिरहेका छन् । ७ दिन अगाडि सेन्सर गर्नुपर्ने नियमका कारण केही अगाडि विवादमा मुछिएका भुवन सो सेलाउन नपाउँदै अर्को विवादमा फेरि मुछिएका छन् ।

अभिनेत्री पूजा शर्मालाई बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेपछि उनी फेरि विवादित बनेका छन् । शर्माको नियुक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ । चलचित्रकर्मीहरूमाथि हुन सक्ने लैङ्गिक हिंसा र शोषण र विभेदविरुद्ध काम गर्ने समितिमा महिलालाई पीडा दिने शर्मालाई किन र केका लागि ? जस्ता प्रश्न सामाजिक सञ्जालमा भुवनप्रति उठिरहेका छन् । कतिपयले भुवनबाट योभन्दा बढी के अपेक्षा गर्ने समेत भनेर उडाएका छन् ।

बलात्कार पीडित गायिकाविरुद्ध मिडिया र सामाजिक सञ्जालमा सक्रिय हुँदै बलात्कारका आरोपी पल शाहको पक्षमा पटक पटक उभिएकी शर्माले पीडित गायिकालाई समेत थप पीडा पुर्‍याएकी थिइन् । त्यस्तो व्यक्तिले महिलाका लागि कसरी काम गर्न सक्छ भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

हरेक निर्णय विवादित बन्दा हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने भुवनले विकास बोर्ड चलाउन नै नसक्ने हुन्, कि भन्ने टीकाटिप्पणी पनि सुरु भएको छ । तर, रोचक कुरा के छ भने भुवन केसीसँग सल्लाकार पनि कमी छैन । बोर्डमा सल्लाकारको रूपमा मात्र दीपाश्री निरौला, आकाश अधिकारी, रविन्द्र खड्का, शोभित बस्नेत, सुशान्तकुमार श्रेष्ठ, विधान कार्की, गोपाल कायस्थ र गोविन्द शाही गरी  ८ जना छन् । ८ जना सल्लाकार भएका भुवनको निर्णय भने सधैँ किन विवादित बन्ने गरेको छ ?   सल्लाकार धेरै र निर्णय सधैँ विवादित हुने विषयले प्रश्न उठेको छ, ‘भुवन सल्लाकारको सल्लाह मान्दैनन्, कि सल्लाहरले सही सल्लाह दिँदैन ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप