रोनाल्डो साउदी क्लबसँग अनुबन्ध, फुटबल इतिहासकै सबैभन्दा बढी तलब पाउने
क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । उनको करार सन् २०२५ सम्म रहनेछ ।
विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए । रोनाल्डोले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब प्राप्त गर्ने बताइएको जुन वार्षिक १७.७ करोड पाउन्डभन्दा रहनेछ ।
३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् । नौपटकको साउदी लिग विजेता अल नासरले रोनाल्डोको अनुबन्धलाई नयाँ इतिहासको सुरुवातको रूपमा व्याख्या गरेको छ । रोनाल्डोलाई अर्को साउदी क्लब अल हिलाललेसमेत अनुबन्धको प्रयास गरेको थियो ।
नोभेम्बरको सुरुमा स्ट्राइकरले टकटिभीका लागि पियर्स मोर्गनसँगको एक अन्तर्वार्तामा उनले युनाइटेडबाट ’धोखा’ भएको महसुस गरेको, प्रबन्धक एरिक टेन ह्यागलाई सम्मान नगरेको र क्लबबाट जबरजस्ती बाहिर निकाल्न लागिएको बताएका थिए। युनाइटेडका लागि ३४६ खेलमा १४५ गोल गरेका रोनाल्डोले रियल म्याड्रिड गएको ११ वर्षपछि अगस्ट २०२१ मा ओल्ड ट्राफोर्डमा पुन: फर्किएका थिए ।
युनाइटेडसँगको सम्झौतामा उनको सात महिना मात्र बाँकी थियो तर ’आपसी सहमतिमा’ उनले क्लब छाडेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण