कविता : रिटायर्ड आर्मीको ड्राइवर
रिटायर्ड आर्मी
उसको गाडी
अनि उसको गाडी हाँक्ने ड्राइवर
न उसलाई अब
उसको साहेबको
प्रमोशन हुने नै आश छ
न अब उत्सव समारोहमा
उपस्थितिको लागि
उसको साहेबलाई
कुनै निमन्त्रणा नै हुन्छ ।
तै पनि बाहिर जानु पर्यो कि
सलाम ठोक्दै
गाडीको ढोका खोलिदिदै
गाँडी हाँक्न सदा तत्पर हुन्छ
रिटायर्ड आर्मीको ड्राइवर ।
न अब उसको साहेबलाई
रिझाउन कोही नै अब
अघि पछि चहलपहल गर्छ
न उसको साहेबकहाँ
पहिलेजस्तो ठूलाबडाको
जमघट नै हुन्छ
तै पनि गाडी पुछ्दै
टिलिक्क टल्काएर
सधैँ उसको साहेबको
सेवामा तत्पर हुन्छ
रिटायर्ड आर्मीको ड्राइवर ।
उसको साहेबको
रिटायर्ड जीवनमा पनि
ऊ उसको निम्ति
खोजिरहेको हुन्छ
एउटा मीठो आशा
ऊ कल्पिरहेको हुन्छ
उसको सुखी पारिवारिक जीवन
उसको मनले बुनिरहेको हुन्छ
उसका थुप्रै उज्ज्वल भविष्यको सपना
त्यसैले त कहिले छुट्दैन
सधैँ साथ रहन्छ
रिटायर्ड आर्मी
उसको गाडी
अनि, उसको गाडी हाँक्ने ड्राइवर ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण