शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

नाकाबन्दीले वित्तीय क्षेत्रमा समस्या, बैंकका सन्ध्याकालिन काउण्टर बन्द

बिहीबार, १४ असोज २०७२, १९ : २०
बिहीबार, १४ असोज २०७२
काठमाडौं– भारतको अघोषित नाकाबन्दीसँगै पेट्रोलियम पदार्थ अभावको असरले बैंक तथा वित्तीय क्षेत्र पनि प्रभावित हुन थालेका छन् । पेट्रोलियम पद्धार्थ अभाव भएपछि जेनेरेटर सञ्चालन गर्न नसक्दा अधिकांश बैंकका सन्ध्याकालिन सेवा बन्द भएका छन् । लोडसेसेडिङ्गको समयमा जेनेरेटरबाट सेवा दिईरहेका बैंक तथा वित्तीय संस्थाहरुले पेट्रोलियम पदार्थ अभावका कारण विद्युतको विकल्प नहुँदा सेवा दिन नसकेको बैंकहरुले जनाएका छन् । ‘अधिकांस बैंकहरुले सेवामा कटौती गरेका छन् । सन्ध्याकालीन सेवा बन्द गरिसकेका छन् ’ नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले भने , ‘बिजुली आएको समयमा रातको १२ बजे पनि सेवा दिन्छौं ।’ बैंकको मूख्य सर्भरमा चौबिसै घन्टा विद्युत चाहिने तर पेट्रोलियम पद्धार्थको अभावका कारण जेनेरेटर चलाउन नसक्दा समस्या उत्पन्न हुनसक्ने पौडेलले बताए । त्यसैगरी, इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या उत्पन्न हुँदा त्यसको असर बैंकिङमा पर्ने उनले सुनाए । यही अवस्था रहेका हप्ता दिनभन्दा बढी सेवा दिन समस्या उत्पन्न हुने उनले बताए । ‘सेवा प्रभावित हुन नदिने हो भो बैंकहरुका लागि राष्ट्र बैंकले पेट्रोलियम पद्धार्थ वा बिजुली उपलब्ध गराईदिनु पर्‍यो भनेर माग गरेका छौं ’, पौडेलले भने । बैंकर्स संघले बुधबार नियामक नेपाल राष्ट्र बैंकका गभर्नरलाई औपचारिकरुपमै पत्राचार गरी सेवा प्रभावित भएको र आगामी दिनमा उत्पन्न हुनसक्ने समस्याको बारेमा जानकारी गराईसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप