दसैंका लागि असोज १८ देखि बैंकमा नयाँ नोट
बिहीबार, १४ असोज २०७२, १९ : २४
काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंका लागि असोज १८ देखि नयाँ नोट साट्ने व्यवस्था गर्ने भएको छ । राट्र बैंकले निष्काशन गरेका नयाँ नोट असोज १८ देखि बैँक तथा वित्तिय संस्थाहरुलाई सटहीको सुविधा दिन लागेको हो । बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकको बालुवाटार कार्यालयबाट यो सुविधा लिन सक्नेछन् ।
सर्वसाधारणको लागि भने घटस्थापनाको दुइ दिनअघि अर्थात असोज २४ गतेबाट नयाँ नोट सटही सुरु गर्ने राष्ट्र बैंकले बताएको छ ।
काठमाण्डौका जनताले राष्ट्र बैंकको थापाथली कार्यालयबाट र काठमाण्डौ बाहिर जनताले राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट साट्न सक्नेछन् ।राष्ट्र बैंकले आफ्ना कर्मचारी, नेपाली सेना र प्रहरीका लागि पनि असोज २४ देखि कात्तिक २ गतेसम्म सटही गर्न पाउने गरी छुट्टै काउन्टरको व्यवस्था गरेको छ ।
यसपटकको दशैका लागि सटही गर्न राष्ट्रबैंकले ५७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरका नयाँनोट छुट्याएको छ ।अघिल्लो वर्षको भन्दा योपटक करिब १० अर्ब बढीको नयाँ नोट राष्ट्र बैंकले दसैंमा वितरण गर्न लागेको राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए । गत वर्ष ४७ अर्ब ४१
करोड ९० लाखबराबरका नयाँ नोट सहटी भएको थियो ।
यसपटक दशैका लागि एक जना सर्वसाधारणले २२ हजार रुपैयाँ बराबरको मात्र नयाँ नोट साट्न पाउने पंगेनीले बताए ।
जसअनुसार ५ , १० र २० रुपैयाँ दरका नोट दुई–दुई बन्डल तथा ५० र १०० रुपैयाँ दरको १–१ बन्डल मात्र एक जनाको भागमा पर्नेछ । बैंक तथा वित्तीय संस्थाका लागि भने नयाँ नोट साट्न सक्ने रकमको सीमा तोकिएको छैन । बैंकहरूको हकमा भने मागअनुसार नयाँनोट दिईने पंगेनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण