पटाकाले पोल्यो ? यसरी गर्नुहोस् घरमै उपचार
तिहारमा पटाका पड्काउने क्रममा आगोले हात पोल्न सक्छ । त्यस्तो अवस्थामा यदी धेरै पोलेको छ भने डाक्टरलाई देखाउनु राम्रो हुन्छ । तर यदी सामान्य घाउ छ भने तपाईले घरमै उपचार गर्न सक्नुहुन्छ । तुलसी पत्ताको रस लगाउनुहोस् तुलसी प्रायः सबैको घरमा हुन्छ । हात पोलेपछि तुलसीको पत्ता प्रयोग गर्नु धेरै प्रभावकारी मानिन्छ । यसको प्रयोगले थुप्रै समस्यालाई नियन्त्रण गर्छ । यसको पत्ताको रस जलेका भागमा लगाउन सकिन्छ । यसले जलेको ठाँउमा दाग बस्ने संभावना कम गर्छ । त्यस्तै कुनै पनि इन्फेक्सन हुदैँन । नरिवलको तेल लगाउनुस् नरिवलको तेलले पनि तपाईको जलेका भागलाई ठीक गराउन मद्दत गर्छ । यो सजिलै जहाँ पनि पाइन्छ । त्यसैले शरिरको कुनै पनि भाग जल्दा नरिवलको तेल लगाउनुस् । यसबाट जलन कम हुन्छ र आराम मिल्छ । आलू पिसेर लगाउनुस् आलूले पनि जलेका घाउ ठीक पार्न महत्वपूर्ण भूमिका खेल्छ । यदी पटाका पड्काउँदा शरिरको कुनै भाग जल्यो भने आलूलाई पिसेर लगाउँदा हुन्छ । तिलको लेप लगाउनुस् अर्को घरेलु उपचार तिललाई पिसेर लेप बनाउने र त्यसलाई जलेको भागमा लागउने हो । यसो गर्दा दुखाई पनि हुदँैन । जलेको भाग ठीक हुन्छ र दाग तथा धब्बा पनि हट्छ । गाजर पिसेर लगाउनुस् गाजरमा प्रोटिन्सका साथ साथै जलेको घाउ ठीक गर्ने क्षमता हुन्छ । यसलाई पिसेर लगाउँदा जलेको भागमा आराम मिल्छ । गाईको ध्यू लगाउनुस् गाईका धयू लगाउदाँ पनि जलेको घाउ ठीक हुन्छ । पितलको थालीमा सरसिमको तेल र त्यसमा पानी र नीमको छालसँगै मिलाउनुस् । त्यसमा गाईको ध्यु मिसाउनुस् । यसरी बनाइएको पेस्ट लगाउँदा घाउ चाडैँ निको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्ताउँदैछ चीनको आर्थिक वृद्धिदर
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
-
२४ घण्टाको अवधिमा विपद्का घटनामा ७ जनाको मृत्यु
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
-
खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, युद्ध थप चर्कियो
-
भ्रष्टाचार मुद्दामा सफाइसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण