दाताहरुद्वारा रसुवामा कम्बल वितरण
आइतबार, २६ पुस २०७२, १२ : १६
रसुवा–भूकम्पपीडित हिमाली ग्रामीणवासीलाई दाताहरुले न्यानो कम्बल वितरण गरेका छन् । लायन्स क्लब मखमली वनस्थली र लायन्स कल्ब बालाजु हाइटको संयुक्त आयोजनामा हाकु गाविस–१ नेसिङ गाउँका २०० घरपरिवारलाई प्रतिपरिवार एक÷एक वटा ओड्ने र ओछ्याउनका लागि आफ्नो पहलबाट आज कम्बल वितरण गरिएको लायन्स क्लब मखमलीका अध्यक्ष रानु खाँड अधिकारीले जानकारी दिए ।
हिमपात परेकै दिन न्यानो कम्बल पाउँदा रात बिताउन अत्यन्तै सहज भएको बताउँदै नेसिङ गाउँका बासिन्दा दावादोर्चे तामाङले लायन्स क्लबको कम्बल सहयोगले स्थानीयवासी अत्यन्तै हर्षित भएको जानकारी दिए ।
लायन्स क्लब मखमलीले आफ्नो स्रोतबाट र लायन्स क्लब बालाजु हाइटले भने विदेशमा रहेका मुकुन्द पोडैल र दीपक सुवेदीले पठाएको सहयोग रकमबाट कम्बल वितरण गरेको संस्थाका अध्यक्ष कुत्ती सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण