सैनिक कारबाहीमा बोको हरामका १२ लडाकू मारिए
आइतबार, २६ पुस २०७२, १४ : २६
लागोस –नाइजेरियामा सैनिकले गरेको कारबाहीको क्रममा शनिबार मात्र बोको हराम आतङ्ककारी समूहका १२ सदस्य मारिएका छन् । गत महिनादेखि नाइजेरियामा बोको हरामका लडाकूको ज्यादतीका विरुद्ध सरकारी सेनाले सशक्त कारबाही थालेको हो ।
बोको हरामको ज्यादतिका विरुद्धमा नाइजेरियाको सैनिकले आक्रामक कारबाही सुरु गरेको स्रोतले शनिबार सो जानकारी दिएको छ । यस कारबाहीका क्रममा केही सैनिक घाइते पनि भएका छन् ।
नाइजेरियामा गत ६ वर्षयता इस्लामिस्क आतङ्ककारी समूहले जारी राखेको हत्या, हिंसा र आतङ्कको क्रममा हजारौं व्यक्तिले ज्यान गुमाएका छन् ।
नाइजेरियामा सन् २००९ देखि बोको हराम आतङ्ककारी समूहले जारी राखेको हिंसा हत्यामा १७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जारी आक्रमणको त्रासले २६ लाख सर्वसाधारणले घर छोडी भागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण