लुम्बिनीको स्वामित्व स्थानीय जनताले लिनुपर्छ : मन्त्री पोखरेल
भैरहवा–महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको स्वामित्व स्थानीय जनताले नै लिनुपर्ने पर्यटन तथा संस्कृतिमन्त्री आनन्द पोखरेलले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार भैरहवामा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने – “बुद्ध जन्मेको लुम्बिनीको विकासका लागि यहाँका स्थानीयवासीले पहल गर्नुपर्दछ ।”
अधिकार मात्रै खोज्नु राम्रो नभएको बताउँदै मन्त्री पोखरेलले भने – “कर्तव्य र दायित्व पनि लुम्बिनीवासीले सम्झिनुप¥यो ।”
आफूले लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय काठमाडौंबाट तुरुन्तै लुम्बिनीमा सार्न निर्देशन दिएको स्मरण गराउँदै उहाँले निर्देशन नमान्नेमाथि कारबाही हुने बताए ।
स्थानीय सरोकारवाला, लुम्बिनी विकास कोषका पदाधिकारी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलगायतको उपस्थिति रहेको सो कार्यक्रममा मन्त्री पोखरेलले लुम्बिनीमा सौर्य ऊर्जाबाट २४ सै घण्टा विद्युत् आपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण