नेपालले अफगानिस्तानसँग खेल्ने
काठमाडौँ–आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अफगानिस्तानको यु–१९ राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेल खेल्ने भएको छ । भारतको दिल्लीमा सोमबार हुने अभ्यास खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्ने भएको हो । यसअघि भारतको हिमाञ्चल प्रदेशमा भएको तीन अभ्यास खेलमा नेपालले दुई खेलमा जित तथा एक खेलमा हार व्यहोरेको थियो । नेपालले दोस्रो र तेस्रो खेल आफ्नो पक्षमा पारेको थियो भने पहिलो खेलमा पराजय भोगेको थियो ।
नेपालले हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनलाई दोस्रो खेलमा तीन र तेस्रोमा आठ विकेटले पराजित गरेको थियो । त्यस्तै पहिलो खेलमा भने नेपाल दुई विकेटले पराजित हुन पुगेको थियो ।
उक्त नेपाली राष्ट्रिय क्रिकेट टोली बङ्गलादेशमा आगामी माघ ८ गतेदेखि हुने यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि प्रशिक्षण तथा अभ्यास खेल खेल्न भारत पुगेको हो । विश्वकपमा नेपालसहित १६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण