संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्छ : महामन्त्री सिटौला
काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्ने बताएका छन् ।
गिरिजाप्रसाद कोइराला प्रजातान्त्रिक प्रवद्र्धन केन्द्रले आज यहाँ आयोजना गरेको ‘दिगो शान्ति, संविधान कार्यान्वयनका चुनौती र युवा नेतृत्व’ विषयको अन्तरक्रियामा महामन्त्री सिटौलाले संविधान काँग्रेसको नेतृत्वमा आएकाले यसलाई कार्यान्वयनको जिम्मा पनि काँग्रेसले गर्ने स्पष्ट पारे ।
उनले भने, “नेपाली जनताको लामो समयदेखिको चाहना संविधान निर्माणसँगै पूरा भएको छ । राष्ट्रिय एकताको माध्यमबाट अब यसलाई कार्यान्वयनमा लानुपर्छ ।”
महामन्त्री सिटौलाले पार्टीको आगामी महाधिवेशनले युवा वर्गलाई नेतृत्वमा ल्याउनुपर्ने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी महाधिवेशनले शीर्ष नेताको योगदानको सम्मान गर्दै योग्य व्यक्तिलाई अगाडि लैजानुपर्नेमा जोड दिए ।
केन्द्रका अध्यक्ष बलदेव तिमल्सेनाले पार्टीभित्र देखिएको ६०÷४० को भागबण्डालाई अन्त्य गर्ने नेतृत्व अबको महाधिवेसनले ल्याउन सक्नुपर्ने बताए । गोष्ठीमा तीन नम्बर प्रदेशका युवाको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण