दाङमा गाडीलाई ठक्कर दिँदा लाखौँको क्षति
आइतबार, २६ पुस २०७२, १६ : ११
दाङ–इन्धन भर्न पङ्क्तिमा रहेका पाँच गाडीलाई गए राति एउटा बसले ठक्कर दिँदा लाखौँको क्षति भएको छ ।
तुलसीपुर–५ स्थित राप्ती पेट्रोल पम्प अगाडि इन्धन भर्न बसेका सवारी साधनलाई ना५ख २७७७ नं को बसले ठक्कर दिँदा ना५ख ९८१९ नं को बस, सोको पछाडि रहेका तीन ट्र्याक्टर र एक डोजरमा क्षति पुगेको छ । ती सवारी साधनमा मानिस नहुँदा मानवीय क्षति भने हुन पाएन ।
ठक्कर दिएलगत्तै उक्त बसका चालक फरार रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण