भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने अभियान सुरु
भक्तपुर–महानगरीय प्रहरी परिषर, भक्तपुरले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने अभियान सुरु गरेको छ ।
आजदेखि सुरु गरेको अभियानमा जिल्लाव्यापी रुपमा प्रहरीको गस्ती बढाइने, आपराधिक क्षेत्रमा सादा प्रहरी परिचालन गर्ने, रात्रि गस्ती र चेक पोष्ट स्थापना गरेर चेक जाँच बढाएको छ ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले यसबारे जानकारी दिँदै आजदेखि व्यापक रुपमा प्रहरी परिचालन गरेको बताए ।
जिल्लाका प्रत्येक नाकाका प्रहरीसहितको टोली एलर्टमा रहने बताउँदै उनले कतै घटना घटेमा तत्कालै प्रहरी पुग्न सक्ने व्यवस्था गरेको जानकारी दिए ।
परिषरले दिउँसोको समयमा साइकल गस्तीलाई व्यापक बनाएको बताउँदै उनले पर्यटकीय क्षेत्र, बैंक, वित्तीय संस्था रहेको क्षेत्र, मानिस बढी आवतजावत हुने क्षेत्र र विगतमा आपराधिक गतिविधि हुने क्षेत्रलाई प्रहरीले निगरानीमा राखेको उल्लेख गरे ।
ट्राफिक प्रहरीसमेतको सहयोगमा चेक प्वाइन्टमा प्रहरीले राति ८ देखि १२ बजेसम्म शङ्कास्पद पैदलयात्री र सवारी साधनको चेक जाँच गर्ने, मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने एवम् सवारी साधन चलाउनेलाई कारबाही तीव्र पार्ने, शङ्कास्पद व्यक्ति एवम् सवारी साधनको खानतलासी गर्ने र शङ्कास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण