ताप्लेजुङमा रु पाँच अर्बको अलैँची उत्पादन
ताप्लेजुङ–जिल्लामा योवर्ष रु पाँच अर्ब बराबरको अलैँची उत्पादन भएको छ ।
जिल्लामा दुई हजार ४१० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष एक हजार ४१० मेट्रिक टन अलैँची उत्पादन भएकोमा योवर्ष एक हजार मेट्रिक टन उत्पादन थप भएको छ ।
स्थानीय बजारमा अलैँचीको मूल्य प्रतिमन रु ९० हजारदेखि रु ९२ हजार प्रतिमन रहेको छ । उक्त अलैँचीको बजार मूल्य रु पाँच अर्ब भन्दा बढी रहेको छ । कालो सुनको उपमा पाएको अलैँचीको उत्पादन बढेसँगै किसानको आम्दानीमा वृद्धि भएको छ । बागवानी विकास अधिकृत उमेश राउतका अनुसार यो वर्ष जिल्लामा २४ लाख १० हजार किलो अलैंची उत्पादन भएको छ । एक किलो अलैँचीको मूल्य रु दुई हजार ३०० पर्छ ।
गतवर्ष यही याममा रु एक लाख पाँच हजार प्रतिमनका दरले अलैँची खरिद बिक्री भएको थियो भने रु तीन अर्ब ७० करोड १२ लाख ५० हजार भित्रिएको थियो । आव २०७०÷७१ मा अलैँचीबाट जिल्लामा रु तीन अर्ब १५ करोड भित्रिएको थियो । उक्त वर्ष अलैँचीको मूल्य प्रतिमन रु ८० हजारका दरले किनबेच भएको थियो । एउटा नगरपालिका र ४८ गाविस रहेको जिल्लामा ओलाङ्चुङगोला बाहेक अन्य क्षेत्रको चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिन्छ ।
जिल्लाको खेवाङ, सुरुम्खिम, तेल्लोक, इखाबु, लिम्बुदिन, सिकैँचा, हाङ्देवालगायतका गाविसमा बढी अलैँची उत्पादन हुने गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण