विश्वविद्यालयमा क्षमताका आधारमा पदाधिकारी नियुक्ति हुन्छ : प्रम ओली
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारी नियुक्ति गरिने बताएका छन् ।
लोकतान्त्रिक प्राध्यापक सङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उनले विश्वविद्यालय राजनीतिक भागबण्डाका आधारमा नभई प्राज्ञिक आधारमा सञ्चालन हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभएको प्रम ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सङ्घका अध्यक्ष डा उदय किशोर तिवारीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले विभिन्न विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगमा क्षमता र दक्षताका आधारमा पारदर्शीरुपमा पदाधिकारी नियुक्ति गर्न तथा स्वच्छरुपमा प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो ।
प्रधानमन्त्री ओलीले योग्यता, क्षमता र योगदानका आधारमा विश्वविद्यालयमा नियुक्ति हुने विश्वास दिलाउँदै समान योग्यता हुनेबीच पक्षपात नगरिने बताएको विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री ओलीले भने, “हाम्रो शिक्षा र हाम्रा शिक्षण संस्थाहरु गुणस्तरीय हुनुपर्छ ।” उनले शिक्षण संस्था र अस्पताल जस्ता संस्थामा माग पूरा गराउने नाममा तालाबन्दी र बन्द हडताल जस्ता कामहरु गर्न नहुने र त्यस्ता कामहरु सरकारलाई सह्य नहुने पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण