पर्यटन विकासका लागि घरघरमा होम स्टे अभियान : मन्त्री पोखरेल
भक्तपुर–संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन विकासका लागि घरघरमा होम स्टे अभियान सुरु गरेको बताएका छन् ।
आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकाको दोस्रो नगर परिषद्को उद्घाटन कार्यक्रममा बोल्दै उनले पर्यटनको विकासमार्फत गाउँगाउँका नागरिकको आर्थिक समृद्धि गर्न मन्त्रालयले होम स्टे अभियान सुरु गरेको बताए । घरघरमा होम स्टे पर्यटनको विकास गर्ने अहिले अवसर भएको बताउँदै उनले पुनःनिर्माणका क्रममा नयाँ बन्ने घरमा अनिवार्य रुपमा दुईवटा कोठा पर्यटकका लागि बनाउनुपर्ने व्यवस्था गर्न सहरी विकास मन्त्रालयसँग छलफल भइरहेको बताए ।
पर्यटन क्षेत्रको विकासले मात्रै नागरिकको आर्थिक विकास हुने मन्त्री पोखरेलको भनाइ थियो । “नगरकोट आएर हिमाल हेरेर र ५५ झ्याले दरबार हेरेर मात्रै पर्यटक फर्कने जमाना होइन, अब प्रत्येक घरघरमा होम स्टेको विकास गरेर कम्तीमा पनि दुई दिन पर्यटकलाई होम स्टेमा राख्ने गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्छ” उनले भने । आगामी ६ वर्षभित्र भूकम्पले भत्किएका सबै धार्मिक तथा ऐतिहासिक मठ–मन्दिर एवम् सम्पदाको पुनःनिर्माण सम्पन्न गरेर दुरुस्तै बनाइने मन्त्री पोखरेलले बताए ।
सयवर्ष पूरा भएका पुरातात्विक सम्पदाको पुनःनिर्माण प्राधिकरणमार्फत गरिने बताउँदै उनले त्यस्ता सम्पदाको अभिलेख दिन स्थानीय निकायसँग माग गरे । कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेत, सांसद रामेश्वर ढुङ्गेल, केदार सञ्जेल, पूर्व सांसद लेखनाथ न्यौपाने, प्रमुख जिल्ला अधिकारी तोयम राया, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीलगायतले नयाँ नगरपालिका भएकाले आइपर्ने चुनौतीको सामना गर्दै सबै मिलेर नगरको विकासमा लाग्नुपर्ने बताए ।
त्यस अवसरमा नगरपालिकाका कर्मचारीमध्ये उत्कृष्ट कर्मचारी सूर्यबहादुर माकजुलाई रु १० हजारसहित सम्मान गरिएको थियो । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले आव २०७३÷७४ का लागि रु ११ करोड ४७ लाख ३५ हजारको बजेट सार्वजनिक गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण