३२ सिलिन्डर ग्याससहित पिकअप भ्यान पक्राउ
उदयपुर – कालोबजारी गर्न लाँदै गरेको ग्यास सिलिन्डरले भरिएको पिकअप भ्यानसहित एक जनालाई उदयपुर प्रहरीले प्रक्राउ गरेको छ । त्रियुगा नगरपालिका–१० देउरीबाट मंगलबार राती जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष टोलीले कामख्य कम्पनीको ३२ सिलिण्डर ग्याससहित गाडी पक्राउ गरेको हो । गाईघाटबजारमा बढि मूल्यमा ग्यास बेच्न ल्याउँदै गर्दा प्रहरीले मे १ च १५६९ नम्वरको पिकअफ भ्यानमा राखिएको ग्याससहित चालक कृष्ण बहादुर तामाङ पक्राउ परेका प्रहरी उपरिक्षक नरबहादुर केसीले जानकारी दिए । बरामद गरिएको ग्यास कृष्ण इन्टप्राइजेज देउरीको नाममा रहेकोले फर्मलाई पनि कार्वाही गरिने एसपी केसीले बताए । उपरिक्षक केसीकाअनुसार प्रक्राउ परेका चालक र बरामद ग्याससहितको गाडीलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार मुद्दा चलाइएको छ । मधेसमा जारी आन्दोलनका कारण देखाउँदै उदयपुरमा पछिल्लो समय ग्यासको कालोबजारी मौलाएको छ । ग्यास विक्रेताहरुले ग्यास ल्याएर बढि मूल्यमा बिक्री गर्ने गरेका छन । मधेस आन्दोलन अगाडि सिडिण्डरसहितको तीन हजार ५ सयमा मूल्यमा बिक्री हुने ग्यास अहिले व्यापारीहरुले लुकाएर आठ हजारसम्म बिक्री गर्ने गरेका छन । गाईघाट बजारस्थित मूख्य ग्यास विक्रेताहरुले गोदाममा लुकाई छिपाई बेच्ने गरेको स्थानीयले आरोप लगाएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण