आइसीसीले भन्यो, ‘राजु रिजाल विश्वकप खेल्न योग्य’
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाली अन्डर १९ टोलीका कप्तान राजु रिजाल यु–१९ विश्वकप खेल्न योग्य रहेको बताएका छन् । बंगलादेशमा विश्वकप खेलिरहेको कप्तान रिजालको उमेरको विषयमा विभिन्न टिप्पणी तथा आरोपहरु लगाइएपछि आइसीसीले यस विषयमा अध्ययन गरेको र उनी प्रतियोगिता खेल्न योग्य रहेको बताएको हो । भारतीय क्रिकेटर कौत्सव पवारले रिजालको बारेमा गम्भिर आरोप लगाएपछि आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) का सिइओ र नेपालका टिम म्यानेजरसँग सोधपुछ गरेको थियो । त्यस्तै, प्रतियोगिता अघि क्यानले प्रतियोगिता शुरु हुनभन्दा अघि प्रस्तुत गरेको कागजातको अध्ययन गरेको थियो । क्यानले बुझाएको राजुको पासपोर्ट र जन्मदर्ताको आधारमा आइसीसी रिजालको उमेर आवश्यक दायराभित्र रहेको बताएको छ । आधिकारिक कागजातका आधारमा राजु सन् १९९६ को सेप्टेम्बर २६ मा जन्मेका थिए । सेप्टेम्बर १, १९९६ पछि जन्मेकाहरुले आइसीसी यु १९ क्रिकेट विश्वकप खेल्न पाउँछन् । आइसीसीले रिजालले प्रस्तुत गरेका आधिकारिक कागजात साँचो भएको भन्दै उनीविरुद्ध लागेका कुनै पनि आरोप प्रमाणित नहुने बताएको छ । नयाँ प्रमाण अगाडि नआएसम्म यो मुद्दा यही बन्द हुने आइसीसीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण