चितवन निकुञ्जमा ५८ ठाउँमा पानीका ठूला स्रोत फेला
चितवन - नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पानीका ५८ वटा ठूला स्रोत फेला परेको छ ।
निकुञ्जले हालै गरेको अनुगमनमा ती स्रोत फेला पारिएकाले संरक्षणको प्रयास थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
साना पानीका स्रोत भने प्रशस्तै भए पनि पानीका ठूला स्रोतको मात्रै अहिले अध्ययन गरिएको उनले बताए ।
निकुञ्जभित्र ३८ वटा र मध्यवर्ती क्षेत्रमा २० वटा पानीका स्रोत फेला परेको हो । यसमा १० हेक्टर माथिका पाँचवटा, १० सम्मका २९ वटा र बाँकी एक हेक्टर बराबरका पानीका स्रोत तथा सिमसार छन् ।
निकुञ्जमा २५६ हेक्टरमा सिमसार क्षेत्र फैलिएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए ।
‘‘पानीका स्रोत र सिमसार क्षेत्र संरक्षण हुन सके मात्रै वन र वन्यजन्तुको संरक्षण प्रभावकारी हुने भएकाले फेला पारिएका पानीका स्रोतहरुलाई संरक्षण गर्न थालिएको छ’’ उनले भने ।
उहाँका अनुसार पोखरीको अस्तित्व नमेटियोस् भनेर पोखरी बढाउने, थुन्ने, आकार पराकिलो तथा गहिराइ बढाउने काम निकुञ्जमा भइरहेको छ ।
रामसार सूचीमा सूचीकृत २० हजारी ताललगायत १७ हजार ताल बाटुली ताललगायत महत्वपूर्ण क्षेत्रमा संरक्षण गर्ने र पर्यटन प्रवद्र्धनका काम समेत भइरहेको कँडेलले बताए ।
पानीका स्रोत र सिमसारको महत्व बढ्न थालेपछि अहिले विभिन्न क्षेत्रमा स्थानीयवासी आफँैं सिमसार संरक्षणमा जुट्न थालेका छन् ।
प्राकृतिक चक्रका लागि सिमसारको महत्व अति हुने भन्दै चितवनको भरतपुरस्थित गीतानगरको उज्वलनगरका बासिन्दा अहिले सिमसार क्षेत्र संरक्षणमा जुटेका छन् । स्थानीय बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनका स्थानीयवासी सिमसार क्षेत्रको संरक्षणमा जुटेका हुन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण