काठमाडौँका दश नगरमा काँग्रेसको नयाँ नेतृत्व
काठमाडौँ - काठमाडौँका १० वटा नगरपालिकामा नेपाली काँग्रेसको नयाँ नेतृत्व निर्वाचित भएको छ ।
तेह्रौँँ महाधिवेशनको तयारीका क्रममा नगर समितिमा नयाँ नेतृत्व निर्वाचित भएको नेपाली काँग्रेस काठमाडौँले जनाएको छ । कागेश्वरी मनोहरा नगरमा नवराज पुडासैनी, गोकर्णेश्वरमा श्रीकृष्ण ज्योति, बूढानीलकण्ठमा गणेश कोइराला, टोखामा वसन्त श्रेष्ठ, तारकेश्वरमा श्रीराम थापा, चन्द्रागिरिमा घनश्याम गिरी, कीर्तिपुरमा कृष्णराम श्रेष्ठ र दक्षिणकालीमा मोहन बस्नेत प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित भएको काठमाडौँका सभापति एवम् सांसद भीमसेनदास प्रधानले जानकारी दिए । शङ्खरापुर र नागार्जुनमा यसअघि नै निर्विरोध नेतृत्व चयन भएको थियो । ती नगरका सभापतिमा क्रमशः राजभाइ श्रेष्ठ र केदार मानन्धर सभापति बनेका थिए । काँग्रेसको विधानअनुसार दलित, जनजाति र अल्पसङ्ख्यक दुई/दुई गरी छ र सभापतिसहित सात सदस्यीय नगर समिति गठन भएको छ । बाँकी सदस्य मनोनयन प्रक्रियाबाट पूर्ति गरिने वैधानिक व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण