बोल्ट र हेनरीको घातक बलिङपछि अस्ट्रेलिया न्युजिल्याण्डसँग १ सय ५९ रनले पराजित
अकल्याण्ड – म्याट हेनरी र ट्रेन्ट बोल्टले अस्ट्रेलियाली ब्याटिङक्रमलाई ध्वस्त पारेपछि अस्ट्रेलियाविरुद्धको एकदिवसीय श्रृंखलाको पहिलो खेलमा न्युजिल्याण्ड १ सय ५९ रनले विजयी भएको छ । च्यापल हेड्ली ट्रफी अन्तरगत बुधबार भएको पहिलो खेलमा जीत हासिल गर्दै न्युजिल्याण्डले श्रृंखलामा १–० को अग्रता लिएको हो । हेनरी र बोल्टले ३–३ विकेट लिएपछि ३ सय ८ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलिया २४.२ ओभरमा १ सय ४८ मा सिमित बन्यो । एकदिवसीय इतिहासमा अस्ट्रेलिया यति कम बलमा अल आउट भएको पहिलो अवसर हो । अस्ट्रेलिया मात्र १ सय ४६ बलमा अलआउट भयो । बोल्ट र हेनरीले अस्ट्रेलियाका पहिला ६ ब्याटसम्यानहरुलाई ४१ रनमा आउट गरेको थियो । त्यसपछि आएका म्याथ्यु वेड र जेम्स फकनरले इनिङलाई सम्हाल्ने प्रयास गरेका थिए । दुवैले क्रमशः ३७ र ३६ रन बनाए । तर, उनीहरु सफल हुन सकेनन् । मिचेल स्यान्टनरले २ विकेट लिए भने कोरे एन्डरसन र एडम मिल्नेले एक–एक विकेट लिए ।
यसअघि खेलमा टस जितेर अस्ट्रेलियाले न्युजिल्याण्डलाई ब्याटिङ गर्न पठाएको थियो । न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ७ रन बनायो । न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले सर्वाधिक ९० रन बनाए भने हेनरी निकोलस र ब्राण्डन म्याकुलमले क्रमशः ६१ र ४४ रन बनाए । अस्ट्रेलियाका लागि मिचेल मार्स, जोस हेजलवुड र फकनरले २–२ विकेट लिए । ७६ बलबाट ९० रन बनाएका गुप्टिल म्यान अफ द म्याच घोषित भए । अर्को खेल फेब्रुअरी ६ तारिखका दिन खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण