उडिरहेको प्लेनमा बिस्फोट, एक यात्रुको खसेर निधन, २ घाइते
नाइरोबी – आकाशमा उडिरहेकै अवस्थामा एक यात्रुवाहक विमानमा मंगलबार विस्फोट हुँदा कम्तिमा दुई जना घाइते भएका छन् । पूर्वी अफ्रिकाको आकाशमै विस्फोट भएर प्लेनमा दुलो पर्दा पनि पाइलटले प्लेनलाई सकुशल अवतरण गर्न सफल भएका छन् । सोमालियाका अधिकारीहरुले मोगादिसु नजिकै एक व्यक्तिको जलेको शव फेला परेका छन् । उनीहरुले विस्फोटमा परेको डालो एयरलाइन्सको प्लेनबाट खसेको बताएका छन् । विस्फोट पछि प्लेनको दाहिने भागमा ठूलो भ्वाङ परेको र त्यहीँबाट ती यात्रु खसेको सिएनएनले उल्लेख गरेको छ ।
घटनापछि जारी तस्विरमा प्लनेको पंखाको ठीक माथि भ्वाङ देख्न सकिन्छ । उक्त दुलोको आकार प्लेनको ढोकाभन्दा केही सानो रहेको बताइएको छ । विस्फोटको अनुसन्धान गरिरहेका अधिकारीहरुले डि३१५९ नम्बरको प्लनेमा विस्फोटक पदार्थको कणहरु भेटिएको बताएका छन् । सोमालियाका प्रधानमन्त्री ओमार अब्दीरसिद अलि सारमार्केले तत्कालै प्लेनमा बम विस्फोट भएको नबताए पनि यस विषयमा अध्ययन भइरहेको बताएका छन् ।
डाल्लो एयरका सिइओ मोहमद इब्राहिम यासिनले फोब्र्ससँग कुरा गर्दै अहिलेनै विस्फोटको बारेमा कुनै निश्कर्षमा पुुग्न नसकिने बताए । विमानस्थल अधिकारीहरुका अनुसार डाल्लोको प्लेन मोगादिसु विमानस्थलबाट उडेपछि १२ हजारदेखि १४ हजार फिट उचाईमा रहेको बेला प्लेनमा विस्फोट भएको थियो । बम विस्फोट भएको हो भने पनि हालसम्म कुनै समुहले यसको जिम्मा लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण