आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

१४९ जनाको मृत्यदण्ड उल्टाइयो

बुधबार, २० माघ २०७२, १७ : २४
बुधबार, २० माघ २०७२

कायरो– इजिप्टको पुनरावेदन अदालतले इस्लाम समर्थक १४९ व्यक्तिलाई सुनाएको यस अघिको मृत्युदण्डसम्बन्धी सजाय उल्टाइदिएको छ ।

ती व्यक्तिलाई प्रहरीको एक समूहमाथि आक्रमण गरी हत्या गरेको आरोपमा मृत्यु दण्डको सजाय सुनाएको थियो ।

सन् २०१३ को अगस्टमा कायरोनजिकै भएको एक प्रहरीचौकीमा आक्रमण गरी हत्या गरेको आरोप लगाइएको थियो ।

उक्त दिनमा राजधानी कायरोमा सयौँ इस्लामिक प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गरेका थिए ।

गतबर्ष पनि इजिप्टको अदालतले सयौं व्यक्तिको मृत्युदण्ड उल्टाएको थियो । सन् २०१३ को अगस्टको करिब दुई महिनापछि प्रहरीले करिब ७०० प्रदर्शनकारीको हत्या गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप