आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

क्राइम अपडेट : २४ घण्टाभित्र देशभर के–के घटना घटे ?

बुधबार, २० माघ २०७२, १८ : ०५
बुधबार, २० माघ २०७२

काठमाडौं– आज मंसिर २० गते । २४ घण्टाभित्र देशभर कहाँ के घटना घटे त ? नेपाल प्रहरीका अनुसार २४ घण्टाभित्र देशभर घटेका घटनाहरु यस्ता छन् :

कालोबजारी गर्ने पक्राउ काठमाडौं महनगरपालिका–३५ तिनकुनेस्थित पेट्रोल, मट्टितेल र ग्यास सिलिण्डर वितरण गरिरहेको अवस्थामा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले २५० लिटर पेट्रोल, १५० लिटर मट्टितेल र ४५ सयमा प्रति सिलिण्डर ग्यास बिक्री वितरण गरिरहेका थिए । प्रहरीले ३६० लिटर पेट्रोल, ४७० लिटर मट्टितेल र ६ थान भरी सिलिण्डर ग्याससहित सप्तरी राजविराज घर भएका ४४ वर्षीय श्याम कुमार बर्मा र उदयपुर घर भएका २८ वर्षीय भिम सुर्खेतीलाई बानेश्यर वृतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । आल अहिले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको प्रहरीले जनाएको छ ।

जुवाताससहित मानिस नियन्त्रणमा टोखा नगरपालिका–स्थित जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिउको छ । ६० वर्षीय राम बहादुर अर्यालले आफ्नै घरमा जुवातास खेलाएको खबरपश्चात महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटिएको टोलीले नगद ५८,००० हजारसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा टोखा नगरपालिका–९ बस्ने ६० अर्याल, ३२ वर्षीय अन्जित थापा, ३६ वर्षीय चगवान थापा, ५१ वर्षीय दमन बहादुर खत्री, ५२ वर्षीय जनार्दन रिजाल, ५३ वर्षीय भोज कुमार भण्डारी, ३४ वर्षीय सुदर्शन सापकोटा, २८ वर्षीय निरज बस्नेत र ३६ वर्षीय अच्युत खत्री रहेका छन् । हाल अहिले उनीहरुलाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।

१८ जना प्रहरी नियन्त्रणमा काठमाडौं नगरपालिका–१६ नयाँबजारस्थित गितान्जली चोकनजिकै एक घरबाट जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत लैनचौरबाट खटिएको टोलीले कौडा र नगर ७ लाख ४८ हजारसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जीवन तामाङ, नविन अधिकारी, राजन शाक्य, हिम भट्ट, टिका लामिछाने, दिपेश खड्गी, मोर बहादुर गुरुङ, देव गुरुङ, कविर केसी, धर्मराज राई, गोविन्द महर्जन, जीवन त्रिपाठी, प्रेम स्थापित, कुमार लामिछाने, सविना श्रेष्ठ, संगिता मोक्तान, यस कुमार लामिछाने र मेग बहादुर थापा रहेका छन् । आल अहिले उनीहरुलाई आवश्यक अनुसनधानको लागि लैनचौर वृतमा राखिएको प्रहरीले जनाएको छ ।

चोरी गर्ने पक्राउ चोरी कार्यमा संलग्न नेपागन्ज उपमहानगरपालिका–१ डेरा गरी बस्ने काठमाडौँ घर भएका १६ वर्षीय बिनोद तामाङ र सुर्खेत बिरेन्द्रनगर नगरपालिका–५ गणेशपुर बस्ने २० बर्षीय प्रवेश क्षेत्रीलाइ प्रहरीले पक्राउ गरेको छ । माघ १६ गते नेपालगन्ज उपमहानगरपालिका–२४ बस्ने बोधी प्रशाद खनालको घरबाट उनीहरुले घर परिवारका सदस्यहरुलाई चक्कु देखाई नगद, मोबाइल, ल्यापटप लुटपाट गरेका थिए । उक्त चोरी घटना तथा विभिन्न मितिमा चोरी भएको २ वटा मोटरसाइकलको अनुसन्धान एवं चोरहरुको खोजतलास गर्ने क्रममा प्रहरीले मंगलबार उनीहरुलाई लुकी बसेको अवस्थामा चोरीको सामान सहित फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गोली प्रहारबाट मृत्यु अपरिचित व्यक्तिले गोली प्रहार गर्दा गम्भीर घाइते भएका रुपन्देहीको सैनामैना नगरपालिका–१० शान्तिटोल बस्ने ३४ बर्षीय खगेश्वर काफ्लेको मृत्यु भएको छ । मंगलबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा नम्बर नखुलेको कालो पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित ब्यक्तिले छातीमा १ राउण्ड गोली प्रहार गर्दा गम्भीर घाइते भएका काप्mलेलाई उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनास्थलमा मधेशी मुक्ति टाईगर लेखेको पर्चा ४ थान र १ वटा गोलीको खोका फेला परेको थियो । गोली प्रहार गर्ने व्यक्तिको प्रहरीले खोजतलास गरिरहेको छ भने घटनाको सोधपुछको लागी एकजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु रुपन्देही : देवदह–१ भँयरबारी भन्ने स्थानमा ना.३ ख ७२०८ नम्बरको बसले मंगलबार सोही ठाउँ बस्ने जिबलाल खनालकी ३ बर्षीया छोरी बिजु खनाललाई ठक्कर दिंदा गम्भीर घाइते भएकोले लुम्बिनी अंचल अस्पताल बुटवल पठाएइकोमा उपचारको क्रममा मृत्यु भएको छ । बसलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै फरार चालकको खोजतलास गरिरहेको छ । बाँके : नेपालगंज उपमहानगरपालिका–२१ स्थित छोटी भन्सार कार्यालय अगाडी युपि ४० यु ४२९६ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ७० बर्षीया सम्पता कहारलाई मंगलबार ठक्कर दिंदा गम्भीर घाइते भएकोले नर्सिंङ होम नेपालगंज हुँदै थप उपचारको लागि भारतको लखनउ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु : बाणगंगा नगरपालिका–७ वडारी स्थित भित्रि सडक खण्डमा रोकी राखेको लु.१ ख ४७१८ नम्बरको माईक्रोबस अगाडी बढाउने क्रममा पछाडीबाट छतमा चढन लागेका सोही ठाउँ बस्ने धनीराम चौधरीको १२ बर्षीय छोरा श्याम थारु खस्न गई गम्भीर घाइते भएकाले उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आगलागीबाट क्षति टोखा नगरपालिका–१२ शान्तिबस्ती स्थित इलाम फिक्कल–८ घर भएका रुपेश राईले टहरा बनाई संचालन गरेको फर्निचर कारखानामा बुधबार बिद्युत सर्ट भएर आगलागी हुँदा करीव ७ लाख रुपैयाँ बराबरको फर्निचर लगायतका सामानहरु जलेर क्षति भएको छ । सर्लाही : भाडसर–२ बस्ने बाबु खिडारीको घर अगाडी रहेको बिजुलीको पोलमा तार सर्ट भएर आगोको झिल्का निस्की खिडारीको घरमा मंगलबार आगलागी हुँदा करीव १ लाख ७५ हजार रुपैया बराबरबको धनमाल क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरलिे आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

लुटपाटमा संलग्न भएको आरोपमा दुई पक्राउ लुटपाटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले महोत्तरीको गौशालाबाट आज दुई जना युवकलाई पक्राउ गरेको छ ।गत सोमबार गौशाला बजारबाट घरतर्फ जाँदै गरेको एक जना पशु व्यापारीलाई रातिको समयमा धम्काएर लुटपाट गरेको आरोपमा गौशाला नगरपालिका–६ का ३० वर्षीय मुकेश राउत र श्रीपुर–२ का २२ वर्षीय राम एकवाल रामलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले आज बिहान उनीहरुलाई घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । चार जनाको समूहमा रहेका उनीहरु महोत्तरीको औरही–५ बाट रु ४४ हजार नगद तथा एक थान मोबाइल लुटेको किटानी जाहेरीका आधारमा प्रहरीले बिहान पक्राउ गरेको प्रहरी नायब निरीक्षक झलक घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप