रेसुङ्गा नगरपालिकाको सभापतिमा पाण्डेय
बुधबार, २० माघ २०७२, १८ : २१
गुल्मी– नेपाली कांग्रेस गुल्मीको नगर अधिवेशनसले रेसुङ्गा नगरपालिका कार्य समिति सभापतिमा छविलाल पाण्डेयलाई निर्विरोध निर्वाचित गरेको छ । रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घास निवासी ३० वर्षीय पाण्डेय नेपाली कांग्रेसभित्र जुझारु युवा नेता मानिन्छन् । २०४७ सालको जनआन्दोलनमा किशोर अवस्थादेखि नेपाली कांग्रेसको राजनैतिक जिवन शुरुवात गरेका पाण्डेय २०५३ सालमा रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै उनी २०५४ सालमा नेविसंघ तम्घास गाउँ कार्य समितिको सभापतिमा निर्वाचित भएका थिए । २०५६ सालमा नेवि संघ जिल्ला सदस्य, २०६२ सालमा नेपाल प्रेस युनियनको उपाध्यक्ष र २०६३ सालमा तरुण दलको जिल्ला सचिवमा पाण्डेय सक्रिय थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण