४ बहु–चर्चित बाइकको शोरुम अब पुल्चोकमा
काठमाडौं– युरोपीयन रेसिङको लागि प्रख्यात बाइकKTM काआधिकारिक वितरक हँसराज हुलास चन्दले पुल्चोक ललितपुरमा आफ्नो विशेष शोरुम संचालनमा ल्याएको छ । साथसाथै जावलाखेलमा विशेष दोस्रो सर्भिस सेन्टर पनि संचालन गरेको छ । यो नयाँ शोरुमबाट ग्राहकहरुले KTM बाइकका विविध आकर्षक बाइकहरुका अलावा केटिएम पावर वेएर सामानहरु पनि खरीद गर्न सक्ने कम्पनीले बताएको छ । यस शोरुमले ललितपुरका रेसिङ बाइकका शौकिनहरुलाई KTM का ४ बहु–चर्चित मोडलहरु, जुन हरेक युवा दिलको धड्कन बनेका छन्, ती बाइकहरु उपलब्ध गराउने प्रतिबद्धतासहित यो सोरुम पूल्चोकमा पनि संचालनमा ल्याएको बताएको छ । मध्यमखाले उच्चकार्य क्षमताको आरसि ३९० र ३९० ड्युक रेसिङ बाइक अथवा सर्वाधिक सफल हलुका तौलको स्पोर्टी २०० ड्युक र आरसि २०० मध्ये ग्राहकले कुनै एकलाई रोजेर रेसिङ बाइकको अुभभव संगाल्न सक्नेछन् । यी बाइकहरुमा ३९० ड्युक बाइकको मुल्य रु.६लाख ७५ हजार, आरसि ३९०को मुल्य ५ लाख ९९ हजार, आरसि २०० को ५ लाख २० हजार र ड्युक २०० को मुल्य रु.४ लाख ३५ हजार कायम गरिएको छ । यस्तै कावासाकी निन्जाबाइकको शोरुम मुल्य रु.९ लाख ९९ हजार तोकिएको छ । KTM र Kawasaki का ग्राहकहरुलाई यस नयाँ सर्भिस स्टेसनमा अत्याधुनिक सामान र दक्ष टेक्निसियनका साथ उत्कृष्ट सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । KTM अफ रोड बाइकिङ्ग क्षेत्रमा विश्वमै अग्रसर रहेको छ । KTM ले डकार ¥याली लगालग १५ चोटी जित्न सफल हुनका साथै २५० भन्दा बदी विश्व च्यापियन जितिसकेको छ ।
दुवै विशेष सर्भिस सेन्टर र शोरुमको एकमात्र ध्येय ग्राहकहरुलाई अतुलनीय एवं अनुपम अनुभूती प्रदान गरेर ललितपुरमा बाइकका रेसिङ प्रेमीहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि गर्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण