प्रचण्डलाई भेटे विश्व ते-क्वान्दो महासंघका अध्यक्षसहितको टोलीले
काठमाडौं–विश्व ते—क्वान्दो महासंघका अध्यक्ष डा. चुनगोउ चोउसहितको एक टोलीले एमाओवादी अध्यक्ष प्रचण्डसँग आज लाजिम्पाटमा भेटघाट गरेका छन् । भेटमा डा. चोउले नेपाल एकदमै रमणीय लागेको र पोखरा लगायतका ठाउँहरु भ्रमण गरेको बताएका थिए । भेटमा चोउले नेपालमा भूकम्प पीडितहरुको सहयोगका लागि पनि विश्व ते—क्वान्दो महासंघले गरेका कामहरुको प्रचण्ड सामू चर्चा गरेका थिए । अध्यक्ष प्रचण्डले नेपाल विशिष्ट परिस्थितिबाट गुज्रिरहेको अवस्थामा नेपाली खेलाडीहरुले विश्व खेल जगतमा एकपछि अर्को किर्तिमान खडा गरेर आशा जगाई दिएको बताए । उनले नेपालमा आएर भूकम्प प्रभावित क्षेत्रहरुमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । उनले नेपालमा आफ्नो पार्टीले खेलकूद क्षेत्रको विकासका लागि निकै महत्व दिँदै आएको बताए ।
शुक्रवार नेपाल आएको उक्त प्रतिनिधि टोलीले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई भेटिसकेको छ भने भोली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्ने कार्यक्रम रहेको छ । भोली नै उक्त टोली मरक्को प्रस्थान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण