लुटपाटमा संलग्न भएको आरोपमा दुई पक्राउ
बुधबार, २० माघ २०७२, २१ : ०४
महोत्तरी– लुटपाटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले महोत्तरीको गौशालाबाट आज दुई जना युवकलाई पक्राउ गरेको छ ।
गत सोमबार गौशाला बजारबाट घरतर्फ जाँदै गरेको एक जना पशु व्यापारीलाई रातिको समयमा धम्काएर लुटपाट गरेको आरोपमा गौशाला नगरपालिका–६ का ३० वर्षीय मुकेश राउत र श्रीपुर–२ का २२ वर्षीय राम एकवाल रामलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले आज बिहान उनीहरुलाई घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । चार जनाको समूहमा रहेका उनीहरु महोत्तरीको औरही–५ बाट रु ४४ हजार नगद तथा एक थान मोबाइल लुटेको किटानी जाहेरीका आधारमा प्रहरीले बिहान पक्राउ गरेको प्रहरी नायब निरीक्षक झलक घिमिरेले जानकारी दिए ।
पक्राउ परेका राम र राउतलाई आवश्यक अनुसन्धानका लागि जलेश्वर पठाइएको प्रहरी नायब निरीक्षक घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण