शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

निधिको प्रश्नः मधेसी मोर्चाले किन आन्दोलन गरिरहेको छ ?

बुधबार, २० माघ २०७२, २१ : ०६
बुधबार, २० माघ २०७२

जनकपुरधाम– नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मधेसी मोर्चाको आन्दोलन अराजक भएको आरोप लगाएका छन् , । जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुराकानी गर्दै नेता निधिले मधेसी मोर्चाले तोडफोडको राजनीति त्यागेर राजनीतिक रुपमा समस्याको समाधान खोज्नुपर्ने धारणा राखे । मधेसी मोर्चाका लागि नेपाली काँग्रेस मित्र शक्ति भएकाले नेपाली काँग्रेसबिना कुनै पनि आन्दोलन सफल नहुने विश्वास व्यक्त गर्दै नेता निधिले मोर्चाले तोडफोड र निषेधको राजनीतिक त्याग्नुपर्ने बताए ।

जनकपुरको मिल्स एरियास्थित आफ्नो घरमा मोर्चाका कार्यकर्ताले आगो लगाएकाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता निधिले तोडफोड र आगजनी गर्ने मोर्चाको क्रियाकलाप निन्दनीय रहेको बताए ।

उनले संविधान संशोधन भएपछि आन्दोलनरत मोर्चाको सबै माग पूरा भएकाले अब किन आन्दोलन भइरहेको छ आफूले बुझ्न नसकेको उल्लेख गरे ।रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप