भव्यताका साथ प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा इतिहास, बलिदान र उपलब्धि गाँसिएकाले फागुन ७ गतेलाई राष्ट्रिय कार्यक्रम र भव्यताका साथ प्रजातन्त्र दिवस मनाउन आह्वान गरेका छन् ।
छैसठ्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा गृहमन्त्रालयद्वारा आज आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै उनले भने, “विसं २००७ फागुन ७ गतेले हाम्रो उज्वल भविष्यको यात्रा, चाहना र सङ्कल्पलाई पनि प्रतिनिधित्व गरेको छ ।” नेपालमा अहिलेसम्म राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमध्ये सबैभन्दा ठूलो ऐतिहासिक र युगान्तकारी परिवर्तन २००७ सालमा भएको बताउँदै प्रधानमन्त्री ओलीले भने– “जहानियाँ सामन्ती निरंकुश राणाशासन युगबाट नेपाललाई आधुनिक युगतर्फ प्रवेश गराउने सबैभन्दा ठूलो ऐतिहासिक मोड त्यहीबाटै सुरु भएको हो, त्यसैले त्यो परिवर्तनलाई ठूलो भन्नुपर्छ ।” परिर्वतनको प्रवाहमा उभिएर पछिल्ला आन्दोलन भएको स्मरण गराउँदै उनले भने– “त्यसबाट राणाशासन त ढाल्न सकिन्छ भने अरु किन सकिँदैन भन्ने जनतामा आत्मविश्वास दियो त्यो सर्वाधिक ठूलो विषय हो ।” प्रधानमन्त्री ओलीले भने– “प्रजातन्त्र दिवस भनेको हेपिएको दिवस होइन, प्रजाबाट जनतामुक्त भएर सार्वभौम भएको दिन हो, त्यसलाई प्रजातन्त्र दिवस भन्दा कसैको पनि कद घट्दैन, २००७ सालको आन्दोलनले नेपालमा ठूलो परिवर्तन ल्यायो । ऐतिहासिक मोडलाई प्रतिबिम्वित गर्ने हाम्रो सामाजिक न्याय, समानता लोकतन्त्र, राष्ट्रिय एकता र समृद्धितर्फका चाहनाका सबै पक्षलाई प्रतिबिम्वित गर्ने सन्दर्भमा स्मरण गर्ने र प्रेरित गर्ने ढङ्गले फागुन ७ लाई अत्यन्त महत्वपूर्ण दिनका रुपमा व्यवस्थित र भव्य ढङ्गले मनाइने उनले अठोट व्यक्त गरे ।
प्रधानमन्त्रीले मूल र औपचारिक कार्यक्रमको मात्र सरकारले नेतृत्व र अगुवाइ गर्ने भए पनि प्रजातन्त्र दिवस सरकारीमात्र नभई राष्ट्रिय कार्यक्रम भएकाले लोकतन्त्रप्रति जनताको सहभागिता, रुचि र प्रतिबद्धता जनाउन पनि दिवसमा जनताको सहभागिता बढाउन आवश्यक छ लोकतन्त्र निजी र सरकारीकरण हुँदैन, जनव्यापी कुरा हो भन्ने बुझ्न आवश्यक रहेको बताए । बैठकले ६६आँै राष्ट्रिय प्रजातन्त्र दिवस देशभर र विदेशस्थित दूतावासमा समेत फागुन ६ र ७ गते भव्य रुपमा मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको छ । फागुन ६ गते उपत्यका महानगरपालिका, उपमहानगरापालिका र नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा एवम् ब्यानर सजाई नगरको सरसफाइ तथा सजावट गर्ने र प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन सञ्चारमाध्यबाट सार्वजनिक अपिल गर्ने तथा रेडियो नेपालबाट परिसंवाद चलाउने गृहमन्त्रालयको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ । फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बिहान सैनिक मञ्च टुँडिखेलमा मूल समारोहको आयोजना हुनेछ । सोही दिन बिहान सेनाले विगुल बजाउने, तोप र बन्दुकबाट बढाइ गर्ने तथा ज्ञात अज्ञात सहिदको आत्माको चीरशान्तिको कामनाका साथ पूजापाठ र प्रार्थना कार्यक्रम गरिनेछ । टुँडिखेलमा आयोजना हुने ६६आँै राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोहमा समितिका अध्यक्ष, सदस्य, संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, जङ्गी, संस्थानका कर्मचारी उद्योगी, व्यवसायी र सर्वसाधारणको उपस्थितिमा भव्य रुपमा कार्यक्रम मनाउने निर्णय गरिएको छ ।
बैठकले प्रजातन्त्र दिवसलाई सफल तुल्याउन सूचना तथा सञ्चारमन्त्री शेरधन राई संयोजक रहेको प्रचारप्रसार समिति गठन गरेको छ । बैठकमा गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले प्रजातन्त्र दिवसलाई सफल तुल्याउन गठन गरिएको समिति र कार्यक्रमबारे जानकारी गराएका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण