सूचनाको हकको कार्यान्वयनमा बीसबुँदे दायित्व सार्वजनिक
बुधबार, २० माघ २०७२, २१ : १५
काठमाडौँ– राष्ट्रिय सूचना आयोगले सबै सरकारी निकायका लागि सूचनाको हकको प्रचलनमा पालना गर्नुपर्ने बीसबुँदे दायित्व सार्वजनिक गरेको छ ।
राष्ट्रिय सूचना आयोगले आज यहाँ एक कार्यक्रम गरी सूचना अधिकारी तोक्नुपर्ने, सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने, नागरिकको सूचनाको हकको सम्मान गर्नुपर्ने, सूचनाको वर्गीकरण गर्नुपर्ने, बीस वर्षसम्मका सूचना अद्यावधिक गर्नुपर्नेलगायतको बीसबुँदे दायित्व सार्वजनिक गरेको हो ।
त्यसैगरी कर्मचारीलाई सूचनाको हकसम्बन्धी तालिम दिनुपर्ने, आफ्ना काम–कारबाही खुला र पारदर्शी तुल्याउनुपर्ने, आफ्ना सामग्री विभिन्न सञ्चारमाध्यम र भाषामा प्रकाशित प्रशारित गर्नुपर्ने, सूचना अधिकारी तोक्नुपर्ने र सूचना मागकर्तासँग विनयशीलतापूर्वक व्यवहार गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना माग गरेको १५ दिनभित्र नागरिकलाई सूचना उपलब्ध गराउनुपर्ने, आयोगको आदेश पालना गर्नुपर्ने, सूचना दिँदा भरसक दस्तुर नलिने, सूचना दाताको संरक्षण गर्ने र आफ्नो विभागलाई सूचना प्रवाहमा उत्कृष्ट र ईमान्दार बन्न आग्रह गरे ।
सो कार्यक्रममा आयोगका आयुक्त किरण पोखरेलले लोकतन्त्रको प्राणवायुका रुपमा रहेको सूचनाको हकको प्रचलनबाटै लोकतन्त्रको उत्कृष्टता मापन हुने बताए ।
अर्का सूचना आयुक्त यशोदा तिम्सिनाले सरकारी विभागहरुले नागरिकका पक्षमा जारी भएका छुट, सुविधा, राहत र सेवा प्रवाहको विवरण आम जनताको जानकारीमा पु¥याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण