कर्ण लिम्बूको ह्याट्रिकको मद्दतले झापा ११ फाइनलमा
बुधबार, २० माघ २०७२, २१ : १८
इलाम– कर्ण लिम्बूको ह्याट्रिकको मद्दतले झापा–११ इलाममा जारी ‘टुवोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा रूपन्देही–११ लाई ४–० गोलले पाखा लगाउँदै झापाले फाइनलयात्रा पक्का गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा खेलेको झापाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेको थियो । झापा ११ का लागि खेलको ५३ औं मिनेटमा कप्तान नरेन्द्रमणि लिम्बूले पहिलो गोल गरेका थिए । कर्ण लिम्बुले ५४ औँ, ८९ औँ र इञ्जुरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
खेलको ५७ औं मिनेटमा रूपन्देहीका डिफेन्डर विजय धिमाल रातो कार्ड पाएर मौदानबाट बाहिरिएपछि रूपन्देही १० जनामा सीमित भएको थियो । खेलको म्यान अफ दि म्याच झापाका कर्ण लिम्बू घोषित भए ।
दश टिम सहभागी प्रतियोगिताको बिहीबारको अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीबीच हुनेछ । प्रतियोगितामा विजेताले रु तीन लाख ५० हजार र उपविजेताले रु एक लाख ७५ हजार पुरस्कार पाउने माइभ्याली गोल्डकपका अध्यक्ष धिरेन चेम्जोङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण