शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग

बुधबार, २० माघ २०७२, २१ : २२
बुधबार, २० माघ २०७२
काठमाडौ– यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग गरेको छ । नीलहीरा समाजले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उनीहरुले समलिङ्गी विवाहलाई मान्यता नदिए समाजमा विकृति आउनसक्ने तर्क दिँदै यसलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका हुन् । राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत वासुदेव बजगाईंले समलिङ्गी विवाहलाई मान्यता दिन कानुन निर्माण गरिनुपर्नेमा जोड दिँदै यो समुदायका व्यक्तिले आफूले नचाहेकोसँग बाध्यतावस विवाह गर्नुपर्दा उनीहरु विभेदमा परिरहेको बताए । शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विषय पाठ्यक्रम र शिक्षक तालिम सामग्रीमा राख्न थालिएको बताए । राहदानी विभागका अधिकृत ज्ञानबहादुर मगरले विभागलाई नागरिकताका आधारमा राहदानी जारी गर्न कुनै समस्या नरहेको बताए । समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल, तेस्रो लिङ्गी आनिक राना, तेस्रो लिङ्गी अधिकारकर्मी भक्ति शाहलगायतले समाजले अझै समलिङ्गी÷तेस्रो लिङ्गी समुदायलाई स्वीकार्न नसकेको गुनासो गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप