डोल्पामा संगठन विस्तार अभियानमा अनेरास्ववियु (क्रान्तिकारी)
डोल्पा –अनेरास्ववियु (क्रान्तिकारी) ले पछिल्लो समयमा डोल्पामा आफ्नो संगठन विस्तार तीब्र छ । जस अन्तरगत डोल्पाका विभिन्न विद्यालयहरुमा अध्ययन गर्ने पाँच सयभन्दा धेरै विद्यार्थीहरुलाई सदस्यता बितरण गरिएको जिल्ला ईन्चार्ज तथा केन्द्रीय प्रतिनिधि योगन्द्र बुढाले बताए । बुढाले अनेरास्ववियुका जिल्ला उपाध्यक्षसहित २० जनाभन्दा धेरै विद्यार्थीहरु आफ्नो संगठन छाडेर क्रान्तिकारीमा प्रवेशसमेत गरेको दाबी गरे । मसिंर १० र ११ गते गरेर दुई दिनसम्म चलेको सम्मेलनमा जिल्लाका १४ वटा माध्यामिक विद्यालयमध्ये १२ वटा विद्यालय, उ.मा.विलगायत क्यामपसमा समेत संगठन बिस्तार गरेको बुढाले बताए । सातौँ जिल्ला सम्मेलनबाट क्रान्तिकारीले मानव रोकायको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्य समिती चयन गरेको थियो । डोल्पाका जनप्रभा उ.मा.बि लिकु, आदर्श उ.मा.बि जुफाल, सरस्वति उ.मा.बि दुनै, अन्नपुर्ण उ.मा.बि सर्मी लगायतका बिद्यालयमा संगठन बिस्तार गरिएको बताइएको छ । उच्च शिक्षा अध्यय्नकालागि जिल्लाबाहिर गएका डोल्पाली बिद्यार्थीहरुलाई समेत एकताबद्ध गर्न पोखरा,काठमान्डौ,नेपालगञ्ज,सुर्खेत लगााएतका जिल्लाहरुमा सम्पर्क समिति पुनर्गठन तथा विस्तार गर्ने कार्यक्रम रहेको बुढाले जानकारी दिए । देशका दुर्गम क्षेत्रबाट अध्ययनका लागि आएका बिद्यार्थीहलाई कतिपय शैक्षिक संस्थाहरुले दुर्गम कोटाको ठाँउमा सुगमकै विद्यार्थी राख्ने गरेकोे पाइएकाले संगठनमार्फत सम्बन्धित निकायसँग पहल गर्ने उनले बताए । ‘दुर्गमका विद्यार्थीहरुको हकहितकालागि हाम्रो संगठनले सँधै लड्नेछ,’ समेत बुढाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण