मेस्सी र सुवारेजको ह्याट्रिकसँगै भ्यालेन्सियाको पोष्टमा बार्साको ७ गोल
बिहीबार, २१ माघ २०७२, ०९ : ३५
बार्सिलोना – लियोनेल मेस्सी र लुइस सुवारेजको ह्याट्रिकको मद्दतले कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा भ्यालेन्सियालाई ७–० गोलको भारी अन्तरले पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न खेलको पहिलो हाफमा भ्यालेन्सिया ३–० ले पछि परेको थियो । पहिलो हाफमा सुवारेजले दुई तथा मेस्सीले एक गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफमा अन्त्यमा साखोड्रान मुस्ताफीले रातोकार्ड खाँदै बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा सिमित बनेको थियो । दोस्रो हाफमा सुवारेज र मेस्सीले दुई–दुई गोल थप्दै आफ्नो टोलीलाई सहज जित दिलाए । बार्सिलोनाको यो लगातार ९ वौं जीत हो र सबै प्रतियोगितामा २७ खेलमा अपराजित रहेको छ । यस सिजन बार्सिलोनाले १ सय गोलभन्दा बढी गरिसकेको छ । उता, भ्यालेन्सिया भने लिगमा पछिल्ला ११ खेलमा जितविहिन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण