प्रेस चौतारीद्वारा ‘शारदा–तिलचन्द्र पत्रकारिता’ पुरस्कार स्थापना
बिहीबार, २१ माघ २०७२, १० : ४७
चितवन– प्रेस चौतारी नेपाल चितवन शाखाले ‘शारदा–तिलचन्द्र पत्रकारिता’ पुरस्कार स्थापना गरेको छ ।
रु दुई लाख ५० हजार अक्षयकोष रहने गरी पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । कम्तीमा १२ वर्ष पत्रकारिता गरेका व्यक्तिलाई प्रदान गर्ने गरी पुरस्कारमा बुधबार सम्झौता भएको प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालले जानकारी दिए ।
डाक्टर तिलचन्द्र भट्टराई, डाक्टर शारदा थपलियाले जम्मा गरेको अक्षयकोषको ब्याजबाट वार्षिक रुपमा एक पत्रकारलाई कम्तीमा रु १० हजार पुरस्कार प्रदान गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
जिल्लामा रहेर आर्थिक, सामाजिक विषयलाई पत्रकारितामार्फत उठान गर्ने खोज पत्रकारलाई पुरस्कार गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै डाक्टर शारदा थपलियाले सबै क्षेत्रका व्यक्ति व्यावसायिक बन्नुपर्ने भए पनि पत्रकार थप व्यवसायी र जिम्मेवार बन्नुपर्ने बताइन् ।
पोल्ट्री व्यवसायी तथा अर्थविद् डाक्टर तिलचन्द्र भट्टराईले प्रेस चौतारीले स्थापना गरेको पत्रकारिता पुरस्कारमा आफूहरुले सहयोग गर्न पाउनु समाजमा राम्रो काम गर्ने मौकाका रुपमा लिएको उल्लेख गरे ।
प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद शर्माले पुरस्कारबाट चितवनको पत्रकारिता संस्थागत गर्न सहयोग पुग्ने बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण