हात्तीपाइले रोग सङ्क्रमितको सङ्ख्यामा बढ्न थाल्यो
बिहीबार, २१ माघ २०७२, १० : ५०
पाँचथर– जिल्लामा हात्तीपाइले रोग सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।
केही वर्षअघिसम्म दुई चारजनामा फाट्टफुट्ट सङ्क्रमण देखिए पनि अहिले भने जिल्लामा ८० जना हात्तीपाइले रोगका सङ्क्रमित रहेको भेटिएको छ ।
स्वास्थ्य जाँचका क्रममा उनीहरुमा हात्तीपाइले रोगका सङ्क्रमित रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पोथी लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगबाट बच्न औषधि पनि खुवाइँदै आएको हात्तीपाइले रोग कार्यक्रमका सम्पर्क व्यक्ति उमेश मेहताले बताए ।
उहाँका अनुहार सङ्क्रमितमा स्तन, गुप्ताङ र अण्डकोष सुन्निएको समस्या देखिएको छ । अहिले जिल्लामा हात्तीपाइले रोगसम्बन्धी सरोकारवाला निकायसँग छलफल, अन्तक्र्रिया तथा सचेतनामूलक कार्यक्रम गरिँदै आएको मेहताले भने। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण