शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

घाम लागेको दिनमा मात्र विद्यालय जान्छन् बालमन्दिरका विद्यार्थी

बिहीबार, २१ माघ २०७२, १० : ५३
बिहीबार, २१ माघ २०७२

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–१४ डाँडाखेतस्थित बालमन्दिर निमाविका विद्यार्थी सफा मौसम र घाम लागेको दिनमा मात्र विद्यालय जाने गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण कठ्याङ्ग्रिँदो जाडोमा पनि एकसरो कपडा लगाएर विद्यालयमा आउनुपर्ने बाध्यतामा रहेका यहाँका विद्यार्थी घाम लागेको दिनमा मात्र विद्यालय जाने गरेका हुन् ।

जाडोमा छोराछोरी बिरामी हुने डरले अभिभावक नै विद्यालय पठाउन नचाहने विद्यालयका निमित्त प्रधानाध्यापक रामप्रसाद शर्माले बताए । आर्थिक अवस्था कमजोर भएका विद्यार्थी विद्यालयमा नियमित आउन चाहे पनि न्यानो कपडाको व्यवस्था गर्न नसक्दा समस्या भइरहेको विद्यालयका प्रअ शर्माले जानकारी दिए । “विद्यालयले जुटाउन सकेको छैन, हामीले यी कलिला विद्यार्थीलाई सहयोग खोजिरहेका छौँ” – शर्माले बताए । विसं २०१६ मा स्थापना भएको विद्यालयमा १७४ जना विद्यार्थी अध्ययनरत छन् । कुल विद्यार्थीमध्ये ११० दलित विद्यार्थी छन् । गत शैक्षिकसत्रमा ५९।८ प्रतिशत सिकाइ उपलब्धि हासिल गरेर धौलागिरि मावि स्रोतकेन्द्रमै नमुना विद्यालयका रुपमा चिनिएको विद्यालयले यस वर्ष विद्यार्थीको आधारभूत समस्या समाधान गर्न नसक्दा समस्याको सामना गरिरहेको छ । विद्यालयले विद्यार्थीलाई न्यानो कपडा सहयोगको वातावरण बनाउनसमेत सरोकारवाला निकायलाई अनुरोध गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप